जनता टाइम्स

१८ मंसिर २०७७, बिहीबार १५:३४

२५ किलो अवैध लागूऔषधसहित पक्राउ


काठमाडौं, मंसिर १८

बाँकेमा २५ किलो अवैध लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका ४ जयरामपुरवा बस्ने ४५ वर्षीय धनिराम यादव छन् । इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले यादवको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।