जनता टाइम्स

१८ मंसिर २०७७, बिहीबार १६:१६

धान झाट्ने क्रममा झगडा हुँदा छोराले गरे बुबाको हत्या


गोरखा, मंसिर १८

गोरखामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । आफ्नै बुबा ७० वर्षीय तुलाराम ढकालको हत्या गरेको आरोपमा सिरानचोक गाउँपालिका ८ धन्सार बस्ने ४० वर्षीय भुवन ढकाललाई प्रहरीले पक्राउ गरेको हो ।

खेतमा धान झाट्ने क्रममा झगडा हुँदा भुवनले आफ्नै बुवा तुलारामलाई लाठीले हानी गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते भएका तुलारामको प्राथमिक स्वास्थ्य केन्द्र जौबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।