जनता टाइम्स

१८ मंसिर २०७७, बिहीबार १७:०६

राष्ट्रपति भण्डारीसमक्ष इजरायलसहित चार देशका राजदूतले गरे ओहोदाको प्रमाणपत्र प्रस्तुत


काठमाडौं, मंसिर १८

थाइल्याण्ड, इजरायल, बङ्गलादेश र म्यान्माका राजदूतहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज आ–आफ्ना ओहदाका प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।

नेपालका लागि थाइल्याण्डका राजदूत भोसिटा भोरासाफ, इजरायलका राजदूत हनान गोडेर गोल्डबर्गर, बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी र म्यान्माका राजदूत सेन ओले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो ।

समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवका साथै दुवै निकायका वरिष्ठ अधिकारीको उपस्थिति थियो ।