काठमाडौं, मंसिर १९
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलबीच छलफल भएको छ । स्रोतका अनुसार आज विहान साढे नौ बजेतिर उपप्रधानमन्त्री पोखरेल अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुग्नुभएको थियो ।
प्रचण्डसँग उपप्रधानमन्त्री पोखरेलको भेटवार्ता झण्डै एक घण्टा चलेको थियो । उपप्रधानमन्त्री पोखरेलले छलफलमा साझा प्रस्तावको लागि आग्रह गर्नुभएको बताइएको छ । यसअघि विहिबार नेकपा महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले अध्यक्ष दाहालसँग छुट्टाछुट्टै भेट गर्नुभएको थियो । उपप्रधानमन्त्री पोखरेलले अध्यक्ष दाहाललाई सचिवालयमा पेश भएको पत्रहरु साझा बनाउने पहल लिन आग्रह गरेको बताइएको छ ।
अध्यक्ष दाहालले सचिवालय बैठक भोलीका लागि तय गर्नुभएको छ । यसअघि प्रचण्डले कात्तिक २८ गते बसेको सचिवालय बैठकमा राजनीतिक प्रस्ताव पेश गर्नुभएको थियो भने उक्त प्रस्तावको जवाफ प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले मंसिर १३ गते दिनुभएको थियो । त्यसपछिको सचिवालय बैठकमा प्रधानन्त्री ओली अनुपस्थित भएपछि बैठक केही समयमा नै स्थगित भएको थियो ।













प्रतिक्रिया दिनुहोस्