जनता टाइम्स

१९ जेष्ठ २०७६, आईतवार १७:३२

लघु घरेलु तथा साना उद्यमी राष्ट्रिय औद्योगिक प्रदर्शनी जेठ २२ गते देखी


काठमाण्डौं, जेठ १९

राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार–२०७६ जेठ २२ गते देखी २६ गते सम्म भृकुटिमण्डपमा हुने भएको छ ।

नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग, महासंघको सह–आयोजनामा कार्यक्रम हुन लागेको हो ।

सरकारी तवरमा नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, घरेलु तथा साना उद्योग विकास समितिद्वारा विगत २९ वर्षदेखि सञ्चालन हुँदै आएको छ ।

काठमाडौंमा ३० औं राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रदर्शनी–२०७६ को नामबाट “आर्थिक समृद्धिका लागि उद्योग खोलौं, औद्योगिकरणका लागि सवै जुटौं” भन्ने मूल नाराका साथ आयोजना गरिने आयोजकले जनाएको छ ।