काठमाडौं, पुस ३ । आइएमई ग्रुपले कोभिड १९ का कारण विदेशमा ज्यान गुमाएका नेपाली श्रमिकहरुका परिवारलाई आर्थिक सहयोग गरोको छ ।
आइएमई ग्रुपले विदेशमा कोरोनाबाट ज्यान गुमाएका मृतकका आफन्तलाई ‘आइएमई भरोसा कोष’ अन्तर्गतको रकम वितरण गरेको हो । होटल सांग्रिलामा आज आयोजित कार्यक्रमकमा आइएमई ग्रुपका अध्यक्ष एवं उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल र प्रबन्ध निर्देशक हेमराज ढकालले संयुक्त रुपमा रकम हस्तान्तरण गर्नुभयो । आइएमई ग्रुपले आवेदकहरुलाई ५० हजारका दरले चेक हस्तान्तरण गरेको हो ।
यस्तै कम्पनीले आइएमई पे वालेटमार्फत समेत भुक्तानी लिन सकिने व्यवस्था समेत मिलाएको छ । कम्पनीले कोषको रकम पुस मसान्तसम्म हस्तान्तरण गरिसक्ने जनाएको छ । कार्यक्रममा आइएमई ग्रुपका ब्राण्ड एम्बेसडर हाँस्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको पनि उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्