काठमाडौ, ७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रीय कमिटी बैठक बोलाउनुभएको हो । विहान ९ बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय सदस्यहरु पुग्नेक्रम जारी रहेको बालुवाटार स्रोतले बताएको छ । नेकपा विभाजनको अन्तिम तयारी भइरहेका बेला पूर्व माओवादी समूहका तीन स्थायी कमिटी सदस्य केपी ओली पक्षमा खुलेका छन् । बैठकमा सहभागी हुन पूर्व माओवादी पक्षका नेताहरु टोपवहादुर रायमाझी,लेखराज भट्ट र मणी थापा बालुवाटार पुग्नु भएको छ । लेखराज पछिल्लो समय ओलीसँगै रहे पनि रायमाझी र मणी थापा दुवै पक्षका बैठकमा सहभागी थिएनन् ।
नेकपाको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु : टोपवहादुर रायमाझी र मणी थापा बालुवाटारमा













प्रतिक्रिया दिनुहोस्