जनता टाइम्स

२० जेष्ठ २०७६, सोमबार १६:३७

हावाहुरीले स्वास्थ्यचौकी र विद्यालयको उडायो छाना


सल्यान, जेठ २०

हावाहुरीले आइतबार राती स्वास्थ्य चौकी र विद्यालयको छाना उडाएको छ । दार्मा गाउँपालिका ५ त्रिवेणीमा रहेको ढाकाडाम स्वास्थ्य चौकीको भवन र वडा २ झ्यारीवाङको जनकल्याण प्राथमिक विद्यालयको दुई कोठे भवनको छाना उडाएको दार्मा गाउँपालिकाले जानकारी दिएको छ । हुरीले स्वास्थ्यचौकीको छाना उडाउदा स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम कारवाही प्रभावित भएको स्वास्थ्य चौकी ढाकाडामले जानकारी दिएको छ ।

हावाहुरीले विद्यालयको छाना उडाउँदा एउटै कोठामा राखेर विद्यार्थीलाई पढाउन बाध्य भएको शिक्षक कुमार शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुई कोठे भवनको छाना हावाले उडाएपछि विद्यार्थीलाई अन्यत्र राखेर बढाउन बाध्य भएका छौं ।’ उक्त विद्यालयमा १८० भन्दा बढी विद्यार्थी छन् रहेका । यस्तै आइतबार रातिको हावाहुरीले स्थानीयका घरको छाना समेत उडाएको दार्मागाउँपालिका उपाध्यक्ष टिका शर्मा वलीले बताउनुभयो ।

उहाँले के कति घरको छाना हावाले उडायो भन्ने बारेमा घटनास्थलमै पुगेर अनुगमन गर्ने कार्य भइरहेको पनि बताउनुभयो ।