जनता टाइम्स

२० जेष्ठ २०७६, सोमबार १७:०९

एन आई सी एशिया बैंककोे शाखारहित बैंकिङ सेवा कावासोतीमा


एन आई सी एशिया बैंकले नवलपरासी जिल्लाको कावासोती नगरपालिका वडा नं. ६, विष्णुनगरमा २९ औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याइएको छ । शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले संचालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको समुद्घाटन कावासोती नगरपालिका उप–मेयर प्रेम शंकर मर्दानियाले गर्नुभयो । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् ।

यस्तो सेवाबाट स्थानीयबासीहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।