जनता टाइम्स

२१ जेष्ठ २०७६, मंगलवार ०९:०८

दुई झापड गालामा हिर्काउदा प्रेमिकाको हत्या


 

रुपन्देही , २१ जेष्ठ । प्रदेश ५ स्थित रुपन्देहीमा एक युवाले बिहेको प्रस्ताव अस्वीकार गर्दै आफ्नै प्रेमिकाको हत्या गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गैडहवा गाउँपालिका वडा नम्बर १ बस्ने असिरुद्धिन मुसलमानले प्रेमिका सबनम नाउँको हत्या गरेका हुन्।

सबनम वैशाख ३० गते राती आफ्नै घरबाट हराएकी थिईन्। उनी जेठ १ गते घर नजिक रुपन्देही र कपिलवस्तुको सीमास्थित सुख्खा खोलामा मृत अवस्थामा फेला परेकी थिईन्।घरनजिकै बस्ने असिरुद्धिनसँग माया प्रेम रहेको अनुसन्धानका क्रममा खुलेको र मायाप्रेमकै कारण सबनमको हत्या असिरुद्धिन र उनका साथीहरु मिलेर गरेको रुपन्देही जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक हृदय थापाले बताउनुभयो ।

मृतकले आफ्ना प्रेमीलाई विवाह गर्न दवाब दिएको तर नमानिरहेको अवस्थामा घटनाका दिन राती सबनमलाई असिरुद्धिनले घरबाट बाहिर निस्कन लगाएर ५०० मिटर पर लगी घाँटीमा सलले कसेर हत्या गरेको अनुसन्धानले देखाएको थापाको भनाई छ।मृतकले २ वटा सुरुवाल लगाएको फेला परेको छ। घरबाट भागेर जाने भनेर असिरुद्धिनले दुईवटा सुरुवाल लगाएर आउन भनेको अहिले विवाह नगरौ भनेपछि सबनमले २ झापड गालामा हिर्काएको बयान असिरुद्धिनले दिएको प्रहरीले जनाएको छ।

२ झापड हानेपछि आक्रोशित असिरुद्धिनले साथीहरु बोलाएर सबनमको घाटीमा पछ्यौराले कसेर हत्या गरेका थिए। उनीहरुले हत्या लगत्तै सबनमको मृत शरीरलाई कसैले नदेखोस भनि घाँसपातले सोही स्थानमा छोपी गएको र भोलिपल्ट पुनः त्यहा राती आएर लासलाई नजिकैको सुख्खा खोलामा छाडेर गएको अनुसन्धानमा खुल्न आएको छ।असिरुद्धिन र उनका साथी अस्लम दुवैजना घटनाकै दिनदेखि फरार थिए। उनीहरुलाई ईलाका प्रहरी कार्यालय लुम्बिनीले नियन्त्रणमा लिएको थियो।

उनीहरु भागेर भारत आफन्तकहाँ समेत पुगेको र पछि फर्केर नेपाल आउँदा पक्राउ परेको जनाईएको छ। यो घटनामा थप एक जना संलग्न रहेको र छिटै नियन्त्रणमा लिने प्रहरीले जनाएको छ।हत्या आरोपित दुबैजनालाई कर्तब्य ज्यानको मुद्धा दायर गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता धर्म भण्डारीले जानकारी दिनुभयो ।