जनता टाइम्स

२२ पुष २०७७, बुधबार १७:२७

नेकपा रामेछापको अध्यक्षमा श्रेष्ठ र सचिवमा कडेरिया चयन


काठमाडौं, पुस २२

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामेछापको अध्यक्षको जिम्मेवारी आनन्द श्रेष्ठले पाउनुभएको छ । नेकपा रामेछापको जिल्ला भेलाले यसअघि जिल्ला अध्यक्ष रहनुभएको मैन कुमार मोक्तान र सचिव शान्ति प्रसाद पौडेलले मुल धारको राजनीतिबाट विचलित भएर पार्टीको हित विपरीत गतिविधि गरेको भन्दै अध्यक्ष र सचिवबाट पद मुक्त गरेको हो ।

भेलाले लामालाई पदमुक्त गर्दै श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । सचिवमा रहनुभएको पौडेललाई पदमुक्त गर्दै पुरुषोत्तम कडरियालाई सचिवको जिम्मेवारी दिएको छ ।