जनता टाइम्स

२२ पुष २०७७, बुधबार २०:०७

भीम रावलसहित तीन नेतामाथि कार्वाही, इञ्चार्जबाट हटाउन सिफारिश


काठमाडौं, पुस २२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलसहित तीन जना नेता कारबाहीमा पर्नुभएको छ ।

धनगढीमा आज बसेको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले प्रदेश इन्चार्ज रावल, प्रदेश सचिव नेपबहादुर चौधरी र प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई कारवाही गर्न केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो । नेकपाबाट अलग भएर गएको प्रचण्ड–माधव पक्षको पुस १७ गते बसेको प्रदेश कमिटी बैठकले प्रदेश अध्यक्ष कर्ण थापासहित चार जिल्लाका अध्यक्षलाई कारबाही गरेको थियो ।

आज बसेको बैठकले रावलसहित तीन जनालाई कार्वाही गरेको हो । इञ्चार्ज रावलमाथि पार्टीको पैसा झिकेर हिनामिना गरेको र बिभाजनको पक्षमा लागेको अभियोग लगाइएको छ ।