जनता टाइम्स

२३ पुष २०७७, बिहीबार १३:०९

तीन जना भेला भएर मन्त्रीलाई देखाए कालोझण्डा


सिन्धुपाल्चोक, पुष २३

प्रचण्ड–नेपाल समुहका विद्यार्थी संगठनका तीन कार्यकर्ता भएर मन्त्रीलाई कालो झण्डा देखाएका छन् । अन्यले साथ नदिदा सिन्धुपाल्चोक जादै गर्नुभएका उपप्रधानमन्त्री ईश्वर पोखरेल र युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई मोटरसाइकलमा आएका तीन जनाले कालो झण्डा देखाएका हुन् ।

बिहीबार सिन्धुपाल्चोकको खाँडीचौरमा आयोजना गरिएको नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली पक्षका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन उपप्रधानमन्त्री पोखरेल र खेलकुद मन्त्री तामाङ त्यहा पुग्नु भएको छ ।