जनता टाइम्स

२३ पुष २०७७, बिहीबार २१:४९

दुर्गम हुम्लामा स्थानीय यसरी उर्लिए प्रधानमन्त्री ओलीको पक्षमा


हुम्ला, पुष २३

कर्णाली प्रदेशको विकट जिल्ला हुम्लामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा जनलहर नै आएको छ । बाजुरा हुँदै हुम्ला प्रवेश गरेको ओली पक्षका कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीको नेतृत्वको टोलीले बुधबार र विहिवार अदानचुलीमा गरेको कार्यक्रममा स्थानीयले उत्साहजनक सहभागीता जनाएका थिए ।

ओली पक्षका दल फडेरा, रूपा शाही, मेहले पार्की, कमल बोहरा, हस्त रावत, नवराज महतारासहितका नेताहरूको टोलीले ग्रामीण हुम्लाका जनताको माझमा सक्रिय हुँदै सही विचार, नेतृत्व र राजनीतिक निर्णयको फैसलाप्रति जनतालाई जागृत र प्रशिक्षित गराएका थिए । समारोहमा ठुलो संख्यामा स्थानीयहरु उपस्थित भएका थिए ।

सो टोली २५ गते चङ्खेली र २७ गते सर्केघाटका अगुवा कार्यकर्ता भेलाहरू गर्दै खार्पुनाथ र सदरमुकाम सिमिकोट पुग्ने योजनामा रहेको एक नेताले जानकारी दिएका छन् । हिमाली क्षेत्रको नाम्खाचाहिं हिमपातको अवस्था हेरेर मात्रै पुग्ने नपुग्ने निर्णय गरिने बताए ।