जनता टाइम्स

२४ पुष २०७७, शुक्रबार १६:३८

सुदूरपश्चिमका समस्या मैले राम्रोसँग बुझेको छु, सबै निराकरण हुन्छ : प्रधानमन्त्री ओली


काठमाडौं, पुस २२

प्रधानमन्त्री ओलीले सुदूरपश्चिमलाई पछि पर्न नदिने वाचा गर्नुभएको छ । आज सुदूरपश्चिमको धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो,‘सुदूरपश्चिमको विकासका समस्या निराकरण गर्दैछौं । यी काम अघि बढाइने छ। हाम्रो सपना नै देश विकास गर्नु हो, भ्रष्टाचार अन्त्य गर्नु हो। उहाँले थप्नुभयो, ‘यहाँका समस्या मैले बुझेको छु। गरिबी र अशिक्षाको समस्या छ। स्वास्थ्य समस्या छ। रोजगारी र बस्ती व्यवस्थापनका समस्या छन्। यी सबै समस्या निराकरण गर्छौं ।’

त्यस्तै कार्यक्रममा प्रधानमन्त्री ओलीले पार्टी छोडेर हिँडेका भगौडाको कुरा नसुन्न आम सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । प्रचण्ड–माधव समूहले पार्टी छोडेर गएको भन्दै दुई चार जना नेताले पार्टी छोड्दैमा आफ्नो उद्देश्य कमजोर नहुने बताउनुभयो । ‘तपाईँले पार्टी छोडेर हिँडेका, गाली गर्दै हिँडेका केही भगौडाको कुरा सुन्नु भएको होला।

त्यो कुरासँग प्रभावित हुनुपर्ने कुनै कारण छैन’, उहाँले भन्नुभयो, ‘केन्द्रीय कमिटीको बैठकमा नआएर अन्यत्र(अन्यत्र भागेर हामी यहाँ छौं भन्दै हिड्नेको कुरा सुन्नु पर्दैंन।’ उहाँले उनीहरू बैठकमा नआएर कहाँ गए भन्दै हेरेको त बाटामा बसेर हामी यहाँ छौं पो भनिरहेका छन्भ नेर प्रचण्ड–नेपाल समूहको व्यङ्ग्य समेत गर्नुभयो ।

‘पार्टी केन्द्रीय कमिटीको बैठकमा नगएर सडकमा गएर गाली गलौज गरेर, मुख छाडेर पत्र–पत्रिकामा लेखाएर सभ्यता केही छैन’, उहाँले थप्नुभयो, ‘प्रचण्ड र माधव नेपाल अघि–अघि लागेका जुलुसमा सँगै अश्लिल गालीका नाराहरू लाग्छन्।’