काठमाडौं, पुष २५
टोखामा आज विहान पति–पत्नी मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार ग्राण्डी अस्पताल नजिकको एक हाउजिङमा बस्दै आएका सुदिक्षा गिरी र उनका श्रीमान् उमेश केसी मृत अवस्थामा भेटिएका हुन् ।
श्रीमान् बेडरुममा मृत र श्रीमती झुन्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी प्रमेश विष्टले जानकारी दिनुभयो । उनका अनुसार अहिले नै घटनाबारे विस्तृत रुपमा केही खुलेको छैन ।
सुर्खेत घर भएका उनीहरुबीच केही दिनयता विवाद हुँदै आएको बताइएको छ । श्रीमतीले श्रीमान्को हत्या गरि आफूले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्