काठमाडौं, पुष २५
प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा राजधानीमा घोती, कुर्ता, गम्छासहित प्रर्दशन भएको छ । प्रतिनिधिसभा विघटनपछि दुई समुहमा विभाजित भएको सत्तारुढ नेकपाको एक नेतृत्व ओलीले गरिरहनु भएको छ । नेकपाको भ्रातृ संगठन युवा संघ प्रदेश नं २ ले सो जुलुस निकालेको हो ।

धोती कुर्था गम्छा मधेशी के शान बा !
केपी ओली हमनी सबके जान बा !!
भन्ने ब्यानर सहित प्रर्दशन गरेका हुन् । जुलुसमा मधेसका पहिचानका रुपमा रहेको धोती, गम्छा र कुर्था पोसाक रहेको थियो ।

माइतघर मण्डलामा हुने धोती सभामा नेकपाका स्थायी समिति सदस्य योगनारायण यादव, नेता महेश बस्नेत लगायतले सम्बोधन गर्नुहुने छ । सो सभाबाट जुलुस प्रज्ञा भवन पुग्ने बताइएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्













प्रतिक्रिया दिनुहोस्