जनता टाइम्स

२५ पुष २०७७, शनिबार १६:३९

प्रचण्डलाई महेश बस्नेतको चुनौती : अघिल्लो पटक त चितवनबाट जिताइयो, अव कहाँबाट जित्नुहुन्छ ?


काठमाडौं, पुस २५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले अवको निर्वाचनमा पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपालहरुको सर्मनाक पराजय निश्चित हुने ठोकुवा गर्नुभएको छ । नेकपा बिभाजन गर्दै देश र पार्टीबिरुद्ध गद्धारी गरेको तथ्य सवै नागरिकले थाह पाइसकेको कारण अवको निर्वाचनमा प्रचण्ड–माधवहरु पत्तासाफ हुने ठोकुवा गर्नुभएको हो ।

‘प्रचण्ड कमरेड, अव कहाँबाट चुनाव जित्नुहुन्छ ? अघिल्लो पटक चितवनबाट जिताइयो, अव कहाँबाट जित्नु हुन्छ ? कहाँबाट चुनाव लडनु हुन्छ ?’ युवा संघ नेपालले काठमाडौंमा आयोजित भेलामा इञ्चार्जसमेत रहनुभएका नेता बस्नेतले भन्नुभयो, ‘चितवनमा अव जमाना वफत हुन्छ, रोल्पाबाट लडनु हुन्छ, जित्न संभव छैन, हुम्ला जाने हो ? संभव छैन, काठमाडौं आउने हो ? जित्न संभव छैन, सिरहा वा रुकुम जाने ? त्यहाँ पनि संभव छैन ।’

बस्नेतले नेपाली जनताले प्रचण्डले गरेको अपराध थाह पाइसकेकोले अव जनताबाट निर्वाचित हुने सपना त्याग्न सुझाउनु भयो । बस्नेतले अव जनताबाट तिरस्कृत भएको नारायणकाजी श्रेष्ठ जस्तै कांग्रेसको पाउमा परेर राष्ट्रियसभातिर आरक्षित हुन सुझाउनु भयो । ‘अव जनताबाट जित्न संभव छैन, मिलाएर नारायणकाजी पथ अपनाएर राष्ट्रियसभातिर ताक्नोस,’ बस्नेतले भन्नुभयो ।

उहाँले माधव प्रचण्ड जस्ता देश खाने किरालाई पार्टीमा ल्याउनु हुँदैन भन्ने देशभरको आवाज रहेको भन्दै नेतृत्वको ध्यानाकर्षण पनि गराउनु भयो ।