जनता टाइम्स

२५ पुष २०७७, शनिबार १७:०६

बिचरा माधव नेपाल ! ढाँटेको कुरा काटे नि मिल्दैन


काठमाडौं, पुस २५ । महाधिवेशनमा भएको पराजयको बदला लिँदै अध्यक्ष केपी शर्मा ओलीलाई ‘कू’ गरी सोही पद हत्याउने सपना तुहिएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको फेरो समातेर छुट्टै समुह गठन गरी ‘अध्यक्ष’ को प्रचारवाजीमा रमाउनु भएका बरिष्ठ नेता माधवकुमार नेपालले किर्ते गरेर प्रचण्डभन्दा माथिको बरियतामा आफू रहेको प्रचार गराउनु भएको तथ्य बाहिर आएको छ ।

प्रचण्ड देश बाहिर रहेको बेला माधवले किर्ते कुरा गर्दै आफू पहिलो बरियतामा रहेको भन्दै बैठकको माइन्यूट नै सार्वजनिक गरेपनि तथ्यले नै नेपाल हैसियतबिहीन रहेको पुष्टि गरेको हो ।प्रधानमन्त्री र पार्टी अध्यक्षमा कहिल्यै दावी नगर्ने सहीछाप गरेर अध्यक्ष प्रचण्डलाई मुल नेता स्वीकार गर्नुभएका नेपालले नारायणकाजी श्रेष्ठको सहयोग लिएर आफू निकट पत्रकारमार्फत प्रचण्ड पूत्र प्रकाशको लगानी रहेको पत्रिकामा प्रचण्ड भन्दा माथिल्लो बरियता रहेको बैठककै ‘माइन्यूट’ सार्वजनिक गर्नुभएको हो ।

सो माइन्यूटमा माधवले जो अध्यक्षता गर्छ, उही नै अर्काे बैठकसम्म पहिलो बरियतमा रहने भन्दै समाचार लेखाइएको छ । तर माइन्यूटले नै माधवले ढाँटेको कुरा काटे नि मिल्दैन भन्ने तथ्य उजागर गरेको हो । आफ्नो समुहको बैठकको माइन्यूट भन्दै सार्वजनिक गरिएको नाममा उपाध्यक्ष बामदेव गौतमलाई सचिवालय सदस्य लेखिएको छ । तर एउटै तथ्यले माधवका लागि गरिएको किर्ते काम नलाग्ने बनाइ दिएको हो । नेकपाको केन्द्रीय कमिटी बैठकले बिधान संशोधन गरी बामदेव गौतमलाई उपाध्यक्ष बनाएको हो ।

प्रचण्ड-माधवले पार्टी फुटाएलगत्तैबाट पार्टी एकता अभियानमा लाग्नुभएका गौतमलाई अहिलेसम्म सो समुहले कार्वाही गरेको जानकारी दिएको छैन । तर सार्वजनिक गरिएको ‘माइन्यूट’ मा सचिवालय सदस्य मात्रै लेखिएको छ । यही एउटा तथ्यले ढाँटेको कुरा काटे नि मिल्दैन भन्ने मात्रै प्रमाणित गरिदिएको छैन, माधव नेपाललाई ‘बिचरा प्रचण्डका आदेशपालक मनुवा’ का रुपमा परिभाषित गरिदिएको छ ।

‘पूर्वएमालेका कार्यकर्ता नआउने भए, तिनीहरुलाई झुक्याउन पनि पहिलो बरियताको अध्यक्ष देखाउनु पर्यो भन्ने माधव कमरेडको इच्छा पूरा गर्न नक्कली माइन्यूट खडा गर्नुपर्यो, त्यसै आधारमा बनाउँदा बामदेव कमरेड सचिवालय सदस्य मात्रै लेखिएछ, उहाँ उपाध्यक्ष रहेको कुरा अर्काे माइन्यूट खडा गर्नेले बिर्सिएपछि उपाध्यक्ष छुट्यो,’ बामदेवमाथि कार्वाही गरिएको हो भन्ने प्रश्नमा प्रचण्ड निकट एक नेताले जनताटाइम्ससँग भने । ती नेताका अनुसार पूर्वएमालेका नेता–कार्यकर्ताले आफूतिर नआउने घोषणा गरेपछि प्रचण्ड भन्दा माथिल्लो बरियताकै अध्यक्ष हो भनेर माइन्यूट बनाउन माधवले भनेपनि कागजमा मात्रै गरिएको छ ।