काठमाडौं, पुस २५ । प्रहरी बरिष्ठ उपरीक्षक भीम ढकाल र प्रहरी उपरीक्षक प्रभु ढकाललाई पितृशोक परेको छ । उहाँहरुको पिता शिवप्रसाद (सीताराम) ढकालको यही पुस १९ गते निधन भएको हो ।
स्वर्गीय ढकाल समाजसेवी तथा जेष्ठ नागरिकको अधिकार प्राप्तीको आन्दोलनको नेतृत्वकर्तासमेत हुनुहुन्थ्यो । कोटश्वरको सामाजिक काममा अग्रणी भागमा रहनुहुने स्वर्गीय ढकालले थुप्रै काम गर्नुभएको छ । २००१ साल साउन २३ गते भोजपुरमा जन्मनुभएका ढकाल अरुका लागि केही गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । उहा २०५९ साल माघमा कोटेश्वरको शान्ति टोल सुधार समितिको संस्थापक शिवप्रसाद हुनुहुन्छ ।
शान्ति टोल सुधार सुधार समितिका विकास निर्माणसम्बन्धी, वृक्षरोपणसम्बन्धी र सामाजिक कार्यमा उहाँको उत्साहजनक सहभागिता रहन्थ्यो । यसो गरौँ भनेछि हुन्छ भनिहाल्ने, असाध्यै सकारात्मक हुनुहुन्थ्यो ढकाल बा, छिमेकी रमेश पोखरेल भन्नुहुन्छ, परिवारका लागि, समाजका लागि र प्रकारान्तरले राष्ट्रका लागि केही योगदान गर्नुपर्छ भन्ने समुन्नत चेतना भएका, पूर्वी पहाडको भोजपुरमै समाजसेवीको छवि बनाइसक्नुभएका सधैँ प्रफुल्ल, उत्साही आदरणीय ढकाल बा १ तपाईँको योगदान यो गुणग्राही समाजले कहिल्यै पनि बिर्सने छैन ।













प्रतिक्रिया दिनुहोस्