जनता टाइम्स

२६ पुष २०७७, आईतवार १३:४०

राष्ट्रियसभामा प्रधानमन्त्री ओली : सरकारलाई काम गर्न नदिन प्रचण्ड निवासमा २८० बैठक, ६-६ महिनामा सरकार फेर्न खोजियो


काठमाडौं, पुस २६

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि गर्नुभएको छ । राष्ट्रियसभाको अधिवेशन अन्त्यको सिफारिस गरेर बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा अस्थिरताको कारक बनेको बताउनुभयो । उहाँले सरकारलाई काम नै गर्न नदिइको जिकिर गर्नुभयो । सरकारलाई काम गर्न नदिन एक नेताको घरमा मात्रै २८० वटा बैठक बसेको र यो अवस्था आइलागेको पनि बताउनुभयो ।

‘सरकारलाई काम नै गर्न दिइएन,’ उहाँले भन्नुभयो,‘प्रतिनिधिसभाले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गर्नुपर्ने थियो । नेपाली जनताले दिएको अभिभारा पूरा गर्नुपर्ने थियो । त्यो हुन सकेन । ६–६ महिनामा सरकार फेरिने अवस्था सिर्जना गर्न खोजियो ।’ उहाँले पुस ५ गते आफूले चालेको कदमको औचित्य पुष्टि गर्नुभयो ।उहाँले मुलुक निर्वाचनतर्फ अघि बढेको पनि सुनाउनुभयो ।