जनता टाइम्स

२८ पुष २०७७, मंगलवार ११:४६

नेपालीले गर्व गर्न लायक प्रधानमन्त्री ओलीको त्यो अन्तर्वार्ता


काठमाडौं, पुष २८

नेपालले आफ्नो भूमिसहित नयाँ नक्सा सार्वजनिक गरेपछि त्यसको राजनीतिक असर नेपालसहित भारतमा पनि देखियो । नेपालमै त्यसपछि सरकार ढाल्ने खेल शुरु भयो भने भारतमा विशेषगरी भारतीय सरकार समर्थित सञ्चारमाध्यम कल्पनाभन्दा परको भ्रामक समाचार सम्प्रेषणमा तल्लिन भए । यतिसम्मकी भारतीय समाचार च्यानलहरु नेपालमा केवल व्यवसायीहरुले ब्लाक आउट नै गरिदिए ।

भारतले सैन्य कब्जामा राखेको नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नक्सा जारी गरेपछि सम्बन्ध बिग्रिएको थियो । त्यसबेला सबैभन्दा बढि कपोकल्पित समाचार सम्प्रेषण गर्ने जी न्यूजलाई आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा अन्तर्वार्ता दिनुभयो । सोमबार प्रसारित सो अन्तर्वार्तामा धेरैले विगतकै जस्तै नेपालका नेताहरु भारतसँग बोल्न डराउने भएकाले कुटनीति जवाफ प्रधानमन्त्री ओलीले देलान् भन्ने सोचेका थिए ।

अन्तर्वार्ताको शुरुमा जी न्यूजका प्रधान सम्पादक सुधिर चौधरीले भारत–नेपाललाई राम र लक्ष्मणको रुपमा अथ्र्याउदै प्रश्न सोधे लक्ष्मण भन्दैछ कि अब बराबरीको दर्जा चाहिन्छ ? किन त्यस्तो खड्कियो एक भाई (नेपाल)लाई ? नेपाललाई होच्याउने गरी निक्कै गम्भिर प्रश्न चौधरीले सोधेर अन्तर्वार्ताको शुरु गरे ।

प्रधानमन्त्रीले पहिलो प्रश्नबाटै पत्रकार चौधरीमाथी बौद्धिक आक्रमण शुरु गरे । ‘तपाईको प्रश्नबाटै थाहा हुन्छ कि भारत भगवान हो नेपाल होइन, भारत दाजु हो नेपाल भाई हो ? तर म भन्छु, भुगोल र जनसंख्यामा साना ठुला हुनसक्छन् । तर, हामी सधै सार्वभौम समानताको कुरा गर्छौं । हामी साना ठुला होइनौं । एक देशको रुपमा हामी साना ठुला होइनौं’, प्रधानमन्त्री सविस्तारमा जवाफ दिनुभयो ।

पत्रकार चौधरीले फेरी भने, तपाई भारतलाई ‘बोस’ मान्नबाट इन्कार गरिरहनु भएको छ । बहस यहीबाट शुरु भएको छ भने सोध । मुस्कुराउदै प्रधानमन्त्री ओलीले भन्नुभयो, यदि हिजो भारतले आफुलाई बोस सम्झिन्थ्यो होला तर, आज सम्झिदैन । त्यसैले यसमा बहस गर्नु आवश्यक छैन । बिचैमा चौधरीले फेरी सोधे, बोस सम्झिएला तर, दाजू सम्झिन्छ होला ? हाम्रो संस्कारमा दाजुभाईबिच प्रेम रहिरहन्छ । तपाई ६८ सालको हुनुहुन्छ, मोदी ७० वर्षको हुनुहुन्छ । यसकारण पनि मोदी तपाईको दाई नै हुनुभयो ।

‘व्यक्तिगत र उमेरको हिसाबमा मोदी दाई नै हो । तर, जब हामी दुई प्रधानमन्त्री बस्छौं । त्यहा ठुलो प्रधानमन्त्री र सानो प्रधानमन्त्री हुदैन । सार्वभौम सत्ता देशको प्रधानमन्त्री हुन्छन्’ प्रधानमन्त्री ओलीले चौधरीलाई सम्झाउदै अगाडी भन्नुभयो, ‘कतिपय देशमा युवा अवस्थाका राष्ट्रप्रमुखहरु रहेका छन् । जो मैले राजनीति गर्दा जन्मिएका पनि थिएनन् ।’

चीन र भारतबीच गलवान क्षेत्रमा विवाद भईरहेका बेला नेपालले पनि कालापानी किन विवाद निकालेको भनेर प्रश्न गरे । प्रधानमन्त्रीले पत्रकार चौधरीको मुख कालो हुने गरी उत्तर दिदै भन्नुभयो, ‘आपका बात जरा भड्काने वाला है, बुरा म त मानिए’ भन्दै सबै देशले विवादित जमिन सहितको नक्सा छाप्ने बताउनु भयो ।

‘भारतले नक्सा छापेको छैन, भारतले आफ्नो नक्सा छापेको छ । हरेक देश आफ्नो नक्सा छाप्छन्, आफ्नो भूमिलाई समेटेर छाप्छ नि ! विवाद भयो भनेर नक्सा नै नछाप्ने त हुन्न नि’, उहाले अगाडी भन्नुभयो, ‘पाकिस्तानसँग भारतको विवाद छ तर नक्सा त छाप्छ । आफ्नो भूमि जुन हो भनेर दावी गर्दै त्यसलाई समेटेर छाप्छ । पाकिस्तान पनि आफ्नो भूमि मानेर उसले पनि नक्सा छाप्छ । जुन दिन सो विवाद टुंगोमा पुग्छ त्यो दिन एकै प्रकारको नक्सा बन्छ ।’

प्रधानमन्त्री ओलीले मोदीले समेत बराबरीको प्रधानमन्त्री भनिरहेका बेला र मैले पनि भनेको बेला मेरो भनाईलाई लिएर रिसाउने धेरै रहेको स्पष्ट पारिदिनुभयो । त्यसपछि अन्तर्वार्तामा दुईको सम्बन्ध, नेपाल–भारत–चीनको सम्बन्धका विषयमा भएको चर्चामा उहाले नेपाल छिमेकी विरुद्ध कुनै पनि कार्ड खेल्दैन भन्ने प्रष्ट जवाफ दिनुभयो । भारत–चीनको सम्बन्धलाई लिएर प्रधानमन्त्री ओलीले हात्तिको एउटा किबदन्ती सुनाउनु भयो । हात्ति एक आपसमा भिडेपनि मैदानको नोक्सानी हुन्छ, हात्ति मिले भने पनि मैदानको नोक्सान हुन्छ । दुई देश आपसमा लडे भने हाम्रो पनि नोक्सान नै हुन्छ । त्यसैले हामी चाहान्छौं, हामी आफ्नो विकास आफै गरौं । त्यसका लागि तनावरहित वातावरण चाहिन्छ ।

चिनले यस्तो (सीमा मिचेको) भए चिनसँग पनि यस्तै व्यहार हुन्थ्यो ? भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘आफ्नो भूमिका विषयमा हामी कसैसँग कम र कसैसँग धेरै व्यवहार गर्दैनौं । कसैले गलत गर्यौ राम्रो गर्यौ, कसैले गलत गर्यौ त्यो नराम्रो गर्यौ भन्ने हाम्रो न्याय होइन् । हामी जो सुकै देशसँग पनि समान व्यवहार गर्छौं ।’

अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले पूर्वीय दर्शन, भारत वर्षको अर्थ, रामजन्म भूमि लगायतका इतिहासको विषयमा पत्रकार सुधिर चौधरीलाई प्रधानमन्त्री ओलीले निक्कै बौद्धिक तरिकाले प्रष्ट पारिदिनु भएको थियो । कार्यक्रममा सधै आक्रमक देखिने चौधरी प्रधानमन्त्री ओलीसँगको अन्तर्वार्तामा भने निक्कै डिफेन्सिभ देखिएका थिए । प्रधानमन्त्री ओलीको सो अन्तर्वार्तालाई लिएर नेपालमा निक्कै प्रशंसा चलेको छ । उहाले भारतीय मिडियालाई उनिहरुकै बुझ्ने भाषामा नेपालको भनाई र गराईका बारेमा प्रष्ट पारिदिनु भएको हो ।