जनता टाइम्स

२८ पुष २०७७, मंगलवार १६:५७

कांग्रेस नेता चन्द्र भण्डारीको खुलासा : नक्साकै कारण प्रचण्ड-माधव ओली फाल्ने षडयन्त्रमा लागेका हुन


काठमाडौं, पुस २८ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नक्सा जारी गरेकै कारण पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपालहरु प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध लागेको ठोकुवा गर्नुभएको छ । एक टेलिभिजनसँगको अन्तर्वार्तामा नेता भण्डारीले यस्तो तथ्य खोल्नुभएको हो ।

अन्तर्वार्ताका क्रममा नेता भण्डारीले जे गर्दा पनि नक्सा जारी भई संसदबाट पारित भएपछि भारतको इच्छामा प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री ओलीलाई हटाउन लागेको आफ्नो निश्कर्ष सुनाउनु भयो । उहाँका अनुसार भारतले हडपिरहेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी गरेकै कारण प्रचण्ड र माधव जसरी पनि ओली हटाउनै पर्ने बाध्यतामा पुगेको बताउनु भयो ।

उहाँले संसदमा नक्सा पास गराउनुअघि कांग्रेसका अर्का नेता एनपी साउद र आफू प्रधानमन्त्री ओलीलाई भेटेरै सुझाव दिएको र त्यसबेला नक्स आयो, अव तपाईलाई फालिदिन्छन भन्दा प्रधानमन्त्री ओलीले फाल्न त सक्दैनन, राजा बीरेन्द्रको बंश बिनास गरेजसरी मारिदिन भने सक्छन भन्नुभएको स्मरण पनि गर्नुभएको छ । दोस्रो पटक मृगौला प्रत्यारोपन गरेपछि आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार आएसँगै प्रधानमन्त्री ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरासहित नेपालको भूमि समेटेर नक्सा प्रकाशन गर्ने योजना सुनाएपछि प्रचण्ड र माधवले समुह नै बनाएर उहाँबिरुद्ध लाग्नुभएको थियो ।

कांग्रेस नेता भण्डारीले यही तथ्यलाई आफ्नो निश्कर्षका रुपमा राख्नुभएको छ । जननायक बिपी कोइरालाले चीनसँग सम्बन्ध बढाउँदा भारतले दुई तिहाइको सरकारबिरुद्ध कू गराएको भन्दै अहिले ओलीबिरुद्ध पनि त्यही योजना चलाएको बताउनु भयो । केपी ओली नभएको भए नक्सा आउने नै रहेनछ कि भन्ने अनुभुति आफूमा भएको खुलासा पनि भण्डारीले गर्नुभएको छ ।