जनता टाइम्स

२८ पुष २०७७, मंगलवार १९:२१

विचारमा स्खलित ‘अ’नागरिकको आन्दोलन


काठमाडौं, पुष २८

कुनै पनि राजनीतिक आन्दोलन भनेको विचारका भरमा हुने हो । कसैका विचार कसैलाई मन नपर्ला, कसैलाई मन पर्ला । तर, त्यहि विचार स्खलित भयो र राजनीतिका नाममा भौतिक रुपमा आक्रमणमा उत्रिन थाले भने त्यसलाई मानव भनिरहन सुहाउदैन ।

यस्तै घटना मंगलबार राजधानीमा भएको छ । कुनै पनि राजनीतिक घटनाक्रमका विषयमा सबैले विचार राख्न र विरोध एंव समर्थन गर्न सुहाउछ । तर, त्यही विरोधको नाममा कसैले घटिया काम गर्छ भने त्यसको विरोध गर्नु हरेकको कतव्र्य बन्छ । राजधानीस्थित प्रज्ञा प्रतिष्ठानको डबलिमा आयोजना गरेको बृहत् नागरिक आन्दोलन नामक कार्यक्रम भवनको डबलीमा भएको थियो । त्यहा प्रधानमन्त्री ओलीविरुद्ध लेखिएका विभिन्न नाराहरु थिए ।

त्यसमा आफुलाई नागरिक समाज भन्न रुचाउने युग पाठकले नेतृत्व गरेका थिए भने डा. देवेन्द्र राज पाण्डे पनि सहभागी हुनुहुन्थ्यो । तर, त्यहा निक्कै अनौठो घटना सुनियोजित तरिकाले घटाइयो । प्रधानमन्त्रीको तस्बिरका लागि विज्ञापनको रूपमा विभिन्न दैनिक पत्रिकामा छापिएको प्रधानमन्त्री ओलीको तस्बिर प्रयोग गरिएको थियो । कार्यक्रममा सहभागी हुन आएकाहरूले विरोधको नाममा प्रधानमन्त्रीको तस्बिर छापिएको पत्रिका कुल्चिँदै हिँडिरहेका थिए ।