जनता टाइम्स

२८ पुष २०७७, मंगलवार २०:०९

बाहिरियो प्रचण्डको अर्काे निकृष्ट काम : बुहारीलाई खुमलटार प्रवेश निषेध, मावली गाउँतिर नातीकै उपयोग


पोखरा, पुस २३ । पदका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिभाजन गरेर अलग समुह बनाउनु भएका पुष्पकमल दाहाल प्रचण्ड कतिसम्म निकृष्ट काम गर्न सक्नुहुन्छ हुनुहुन्छ भन्ने कुरा पोखराको एउटा घटनाले उजागर गरिदिएको छ ।

बुहारी सिर्जना त्रिपाठीलाई आफ्नो निवास प्रवेशनै निषेध गर्नुभएका प्रचण्डले आज पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय प्रशिक्षणमा भने नाती लिएर मञ्मै बसी नाबालक नातीलाई समेत आफ्नो राजनीतिमा उपयोग गर्नुभएको छ । पोखरा सिर्जनाको माइती हो भने प्रचण्डको नातीको मावली । यही तथ्य बुझेर प्रचण्डले सिर्जनालाई घरभित्र छिर्न नदिए पनि पोखरामा भने नातीलाई लिएर मञ्चमा पुग्नुभएको हो । प्रचण्डले आजको कार्यक्रममा नाती राखेर पोखरेलीसँग इमोशनल ब्ल्याकमेलिङ गर्नुभएको हो ।

प्रचण्डले नाबालक नातीलाई उहाँकै शब्दमा भन्दा भनिदिएको अध्यक्ष माधवकुमार नेपाल र आफ्नो बीचमा राख्नुभएको छ । जुन तस्विर सिर्जनाले आफै सामाजिक सञ्जाल फेसबुकमा राख्नुभएको छ । ‘प्रचण्ड उपयोगवादमा माहिर हुनुहुन्छ, ढाँटछल र बदमासीका कसैले भेटाउँदैन, आज त आफ्नै नातीलाई समेत उपयोग गर्नुभयो,’ पूर्वमाओवादीकै एक नेताले यो तस्विर देखेपछि जनताटाइम्ससँग भने । ती नेताका अनुसार प्रचण्डले नाती राखेर सेन्टिमेन्ट क्याच गर्न खोज्नुभएको हो । ‘बुहारीलाई घरभित्र आउनै निषेध गर्ने मावली गाउँतिर जाँदा नाती उपयोग गरेर सेन्टिमेन्ट लिन खोज्ने प्रष्टै नीति देखियो,’ ती नेताले भने ।

अरु त परै जावस प्रचण्डको यो नाटक देखेर उहाँकै सहयोगी बनेर सो समुहमा जानुभएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत निकै असहज महसुस गर्नुभएको थियो । कार्यक्रम सकिएलगत्तै नेता नेपालले आफ्नै नावालक नातीलाई समेत उपयोग गर्ने जस्ता यति निकृष्ट काम पनि प्रचण्डले गर्न सक्ने रहेछन भन्दै आफू निकट नेताहरुसँग सेयर गर्नुभएको थियो ।

त्यसो त स्वर्गीय प्रकाश दाहालकी कान्छी पत्नी बनेर प्रचण्ड निवास छिर्नुभएकी पूर्वमन्त्री बिना मगरसँग समेत प्रचण्डका परिवारको राम्रो सम्बन्ध छैन । छोरीहरु रेनु दाहाल र गंगा दाहालसँग बुहारी बिनाको बोलचाल नै बन्द रहेको तीन बर्ष पुग्न लागिसकेको सोही निवासमा रहेका एक सहयोगीले जनताटाइम्सलाई बताए । उनका अनुसार रेनु र गंगाले बिनालाई अत्यन्तै घृणा गर्दै अनेक आरोप लगाउने गर्नुभएको छ ।