जनता टाइम्स

१ माघ २०७७, बिहीबार १५:२१

प्रचण्ड–नेपालको रणनीति : रामचन्द्रलाई राष्ट्रपतिपछि देउवालाई प्रधानमन्त्रीको अफर


काठमाडौं, माघ १

नेकपाका एक समुहका अध्यक्षद्वय पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाल बुधबार साँझ ६ बजेतिर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुग्नु भयो । १० मिनेट अगाडी नेपाल पुग्नु भयो भने त्यसपछि प्रचण्ड पुग्नु भएको थियो । पुषको अन्तिम दिन काठमाडौंको मौषम चिसो भएपनि त्यहा राजनीति गरम बनाउने प्रयासमा प्रचण्ड–नेपाल पुग्नु भएको थियो ।

प्रज्ञा भवनमा आफ्ना कार्यकर्तालाई चर्का भाषण दिएर बुढानिलकण्ठ पुग्नुको दुई कारण छन् । शक्तिबाट स्खलित भईसकेको यो समुहलाई अहिले सडक र प्रदेशमा कांग्रेसको साथ चाहिएको छ । जनताका मागमा कहिले सडकमा नआउनेहरु आफुले कुसी नपाएको भोलीपल्टै सडकमा आउने भन्दै जनताले साथ दिएनन् । त्यसपछि यो समुह मानिस जुटाउन बढो सकसमा छ । आन्दोलन नगरौं समुह नै विलाउला भन्ने पिर गरौं सडकमा जनता नै आउदैनन् ।

माधवकुमार नेपालको योजनाअनुसार नया चाल लिएर देउवालाई फकाउन यो समुह बुढानिलकण्ठ पुगेको थियो । प्रचण्ड–नेपालको प्रमुख लक्ष्य भनेको प्रदेश–१ र बागमति प्रदेशमा आफ्नालाई मुख्यमन्त्री बनाउन कांग्रेसको सहयोग लिने । तर, उनिहरुले यो कुरा खुलस्त राख्न सकेनन् । त्यसपछि उनिहरुले केन्द्रको मात्र कुरा राखे । ‘संसद पुनःस्थापनाको आन्दोलनमा हामीलाई कांग्रेसले पनि साथ दिनुपर्यो । बरु संसद पुनःस्थापना भएपछि तपाइलाई म प्रधानमन्त्री बनाउछु’, प्रचण्डको भनाई उदृत गर्दै बुढानिलकण्ठ स्रोतले भन्यो । यति भन्दै गर्दा उनिहरुले त्यसका लागि बरु तपाईहरुले हामीलाई प्रदेशमा सहयोग पनि गरिदिनुपर्यो भनेर आग्रह समेत गरे ।

यसअघि यही समुहले कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बन्न अफर गरिसकेको छ । नयाँ बानेश्वरस्थित एक व्यापारीको घरमा नेता नेपालको संयोजनमा भएको तीन नेताको भेटमा राष्ट्रपति बनाउने प्रतिवद्धता जनाएपछि पौडेल जसरी पनि सडक संघर्ष गर्नुपर्छ भनेर कांग्रेसमा रडाको मच्चाईरहनु भएको छ । सो कुरा पौडेल निकट रहेका नेताहरुले समेत स्विकार गरिसक्नु भएको छ ।

राजनीतिका निक्कै पुराना खेलाडी हुन् कांग्रेस सभापति शेरबहादुर देउवा । तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई समेत संगठनमा ठेगान लगाउन सक्ने क्षमता भएका देउवाले कुरा बुझिहाले । दुवै प्रदेशमा माघको दोस्रो साताभित्र विश्वासको मत लिइसक्नु पर्ने प्रावधान छ । त्यहा प्रस्तावित मुख्यमन्त्रीको नाम प्रचण्ड–नेपाल समुहको रहेको छ । कांग्रेसले सहयोग गर्ने वित्तिकै दुवै प्रदेशमा सो समुहको नेतृत्वमा सरकार बन्छ । यो कुरा बुझेपछि केन्द्रको र प्रतिनिधिसभा पुनःस्थापना भए के हुन्छ ? भन्ने कुरा पनि उनलाई बुझ्न कठिन नै थिएन ।

यदी यो समुहलाई अहिले सहयोग गरे दुवै प्रदेशमा उनिहरुले सरकार बनाउछन् । त्यसका लागि माघको दोस्रो साता नै निर्णय आइसक्छ । केन्द्रमा भने सर्वोच्च अदालतको निर्णय आएर पुनःस्थापना भएपनि त्यहा पनि प्रस्तावित प्रधानमन्त्रीको नाम प्रचण्डको रहेको छ । देउवाले यो कुरा बुझेपछि विगतमा जस्तै मलाई फेरी बेकुफ बनाउन यो समुह आएको पत्तो पाइहाले । त्यसपछि उनले राजनीतिक रुपमा दुवैलाई उत्तर दिएका थिए ।

राजनीतिमा कहिले पनि कसैलाई सिधै हुन्न भन्दैनन् । हुन्न भन्नका लागि नेताले जहिले पनि पार्टीको साहरा लिन्छन् । सभापति देउवाले पनि यो विषयमा म पार्टीभित्र छलफल गर्छु, उनिमात्र तपाईहरुलाई निर्णय दिन्छु । सडक संघर्षमा जाने कुरामा भने देउवाले तत्कालै मुखकै अगाडी हुदैन भनेर जवाफ दिएको एक नेताले जानकारी दिनुभयो ।