जनता टाइम्स

४ माघ २०७७, आईतवार १२:०६

यति छिटै इतिहासको कटु सत्यलाई कसरी विर्सन मिल्छ र माधव कमरेड ?


काठमाडौं, माघ ४

नेकपाका नेता एंव लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माधवकुमार नेपालमाथी गम्भिर प्रश्न उठाउनु भएको छ । एक समुहको केन्द्रीय कमिटीबाट अध्यक्षमा चुनिनु भएका नेपालले पुष्पकमल दाहाल प्रचण्डसँग सुरुदेखि नै सहकार्य गरेको दावीका बारेमा प्रश्न उठाउनु भएको हो ।

उहाले नेपालकै निर्देशनमा यदु गौतम लगायतका करिव ५ सय जति तत्कालिन नेकपा एमालेका नेता कार्यकर्ता माओवादीबाट मारिएको भन्दै सुरु देखिनै सहकार्य गर्ने नेताले पार्टीविरुद्ध घात गरेको भएन र भन्दै निक्कै गम्भिर प्रश्न उठाई दिनुभएको छ । नेता पोखरेलले सहकार्य पनि गर्ने र आफ्नै नेता कार्यकर्ता हत्या गराउन पनि लगाउने कस्तो घात हो भन्दै प्रश्न गर्नुभएको छ ।

यस्तो छ उहाले उठाउनु भएको प्रश्न

कमरेड माधव नेपालको प्रचण्डसंगको सुरुदेखिको सहकार्य वारे माधव कमरेड तपाईले जारी गरेको निर्देशन अनुसार तात्कालिक माओवादी उग्रवामपंथको राजनीतिक विरोध र प्रतिवादगर्दा कमरेड यदु गौतम् लगायत तात्कालिक एमालेका झण्डै ५०० कार्यकर्ताले जीवन वलिदान गर्नु भएको थियो । तर आज तपाई कमरेड प्रचण्डसंग सुरुदेखिनै सहकार्यमा रहेको दावीगर्दै हुनुहुन्छ । शान्तिप्रकृयामा ल्याउन वार्ता गर्नु र निरन्तर सहकार्य गर्नु फरक होला नि कमरेड । त्यतिवेला साच्चै माओवादी नेता प्रचण्डसंगको सहकार्य रहनु भएको हो भने त्यो पार्टी विरुद्धको घात भएन र कमरेड ?

विधि र पद्धतीमा जोड दिने तपाईले अहिले प्रचण्डसंगको साँठगाँठको औचित्य पुष्टि गर्नका लागि आफ्नै मान्यताका विपरित नवोलेको भए हुन्थ्यो । शान्तिप्रकृयामा प्रवेश पछि त हामी सबै सहकार्यमा होइन एकतामा नै बाधिएका हौ । त्यो भन्दा पहिले लामो समयसम्म तपाईकै नेतृत्वमा माओवादी उग्रवामपंथ विरुद्ध वैचाारिक तथा राजनीतिक संघर्षमा रहेको कुरा सत्य होइन र ? यति छिटै इतिहासको कटु सत्यलाई कसरी विर्सन मिल्छ र ?