जनता टाइम्स

२१ जेष्ठ २०७६, मंगलवार १६:४५

दुर्गममा अझै पुगेन पाठ्यपुस्तक


मुगु, जेठ २१

नयाँ शैक्षिक सत्र शुरु भएको दुई महीना पुगिसक्दा पनि मुगु जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकामा रहेका विद्यालयहरुमा अध्यनरत विद्यार्थीको हातमा किताब पुगेको छैन ।

किताब बिक्रीवितरणको जिम्मा लिएका स्टेशनरी तथा वितरकहरुले आवश्यक किताब समयमै ढुवानी गरेर बिक्रीवितरण गर्न नसक्दा जिल्लाका चार स्थानीय निकायमध्ये सोरु गाउँपालिकामा रहेका ४१ विद्यालयले शैक्षिक सत्र शुरु भएको दुई महिना हुन लाग्दा पनि किताब पाउन नसकेका हुन् ।