जनता टाइम्स

२१ जेष्ठ २०७६, मंगलवार १७:२३

हिमालयन हाइड्रोको आईपिओ बिक्री प्रबन्धकमा जनता क्यापिटल


काठमाण्डौं, जेठ २१

हिमालयन हाइड्रो पावर लिमिटेडले आईपिओ निष्काशन गर्न जनता क्यापिटललाई बिक्रीप्रबन्धक नियुक्त गरेको छ । हिमालयन हाइड्रोले रु. १००÷(अंकित दरको २२ लाख ५० हजारकित्ताको २२ करोड पचास लाख रुपैंया बराबरको आईपिओ निष्काशन गर्न लागेको हो । जसमध्ये ९ लाख कित्ताको ९ करोड रुपैंया बराबरको शेयर परियोजना प्रभावित स्थानिय क्षेत्रहरुको लागि छुट्याइएको छ ।

आईपिओ निष्काशनगर्ने सम्बन्धमा हिमालयन हाइड्रो र जनता क्यापिटलबीच सम्झौताभएको छ । आईपिओ निष्काशन सम्बन्धिसम्झौतामा हिमालयन हाइड्रो पावर लिमिटेडका तर्फबाट शिवकृष्ण श्रेष्ठ र बिक्रीप्रवन्धक जनता क्यापिटल लिमिटेडका तर्फबाट काकार्यकारी निर्देशक बिश्व सुवेदीले हस्ताक्षर गरेकाछन् ।

जनताबैंक नेपाल लिमिटेडको शत प्रतिशत लगानीमा स्थापित जनताक्यापिटल लिमिटेडले नेपाल धितोपत्रबोर्डबाट कारोवार अनुमतिपाएसंगै जनता बैक नेपाल लिमिटेड र स्पर्श माईक्रोफाईनान्स लिमिटेडको शेयर रजिष्ट्रेशन सम्बन्धी कारोवार शुरु गरिसकेको छ । जनता क्यापिटल लिमिटेडले छिट्टै नै लगानीब्यवस्थापन सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।