जनता टाइम्स

८ माघ २०७७, बिहीबार ०९:५७

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले दिनुभयो अमेरिकी राष्ट्रपति बाइडनलाई बधाई


काठमाडौं, माघ ८। राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाई दिनुभएको छ । भण्डारीले बधाई सन्देश दिँदै बाइडनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले नेपालको सामाजिक आर्थिक विकासका लागि अमेरिकी सहयोगको सह्राना पनि गर्नुभएको छ । उहाले कोभिड–१९ महामारीको समयमा बाइडनको कार्यकाल सफल रहोस् भन्ने कामनासमेत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले अमेरिकी समकक्षी कमला ह्यारिसलाई बधाई सन्देश पठाउँदै नयाँ अमेरिकी प्रशासनको लैंगिक समानता, सामाजिक न्याय र जलवायु परिवर्तन जस्ता सामयिक मुद्दाको सह्राना गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाई सन्देश पठाउनु भएको छ । बाइडनको नेतृत्वमा अमेरिकाले प्रगति र समृद्धि हासिल गर्ने कार्यलाई जारी राख्ने ओलीले विश्वास व्यक्त गर्नुभएको हो । उहाले बधाई सन्देशमा अमेरिका–नेपालको द्विपक्षीय सम्बन्ध आगामी वर्षमा नयाँ उचाइमा पुग्ने उल्लेखसमेत गर्नुभएको छ । अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित बाइडनले नेपाली समयअनुसार बुधबार राति पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ ।