काठमाडौँ, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका सबै केटाकेटी आफ्ना सन्तान भएको बताउनुभएको छ । विहिबार प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै उहाँले प्रचण्डले आफ्ना सन्तान नभएको विषयमा दिएको अभिव्यक्तिलाई इंगित गर्दै आफ्ना छोराछोरी नभएपनि सारा देशका केटाकेटी आफ्नै सन्तान भएको बताउनुभयो ।
“एकजनाले मलाई जवाफ दिए, केपी ओलीका छोराछोरी छैनन । मेरा त छोराछोरी छन्, ज्वाई छन् । आफन्त छन्, दिनै पर्यो । छोरीलाई मेयर बनाउनै पर्यो । ज्वाइलाई घर घडेरी किन्दिनै पर्यो । मेरा त के छन् र दिनलाई रु एउटा कुरा त उहाँलाई सम्झाउनु, मलाई सन्चै छ । यो देशका सारा केटाकेटी मेरा सन्तान हुन् । उहाँलाई त्यो ठाँउमा पुर्याउने योद्धाहरुका छोराछोरी, आफन्त हरु छन कि छैनन रु आफ्ना छोराछोरी विदेश राख्ने जनताका छोराछोरीलाई लड्न लगाउने रु” उहाँले थप्नुभयो, “अरुका छोराछोरीका पनि ज्यान हुन, हातखुट्टा हुन भनेर नसोच्ने रु के त्यो काठको बनाएको हो रु अरुका छोराछोरी के बेच्न राखिएका पुतली हुन् रु त्यति पनि भाउ छैन जनताका छोराछोरीको रु”
उहाँले आफुलाई देश बनाउन, सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्ने काम रहेको बताउनुभयो ।
‘देशको समृद्धिको यात्रा तर्फ तय गर्नुपर्ने छ । समाजमा विभिन्न प्रकारका व्यक्तिहरु, तत्वहरु हुन्छन्, आफ्नो स्वार्थको लागि विभिन्न हाउभाउहरु गर्छन । आफ्नो फाइदाको लागि सिनेमा देखाउँछन्। ‘ उहाँले भन्नुभयो, ‘सिनेमामा हिरो हुन्छ, हिरोनी हुन्छ, भिलेन हुन्छ । हिरोनी घाइते हुन्छे, हिरोले बचाउँछ । अनि उनीहरु वीच लप पर्छ । तर यो वास्तवमा केही पनि होइन । अहिले यहाँ यस्तै भइरहेको छ ।’ उहाँले आफ्ना सवै प्रयासहरुको गन्तव्य ठिक ढंगले तोकेको र त्यो त्यो गन्तव्य देशको समृद्धि भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले दिएको मन्तव्यको सम्पादित केही अंश
हामी तिव्र विकासको क्रममा हामी छौँ । कही कतैबाट तिव्र विकासको क्रमलाई रोक्ने प्रयास हुन्छ । सामाजिक परिवर्तको क्रममा पनि बाधा व्यवधान हुन्छ, तिनलाई तोड्दै जाने हो । हाम्रो देश आज एक खास लडाइको स्थितीमा छ । संसदलाई फेरी सांसद किनबेचको, फेरी दलहरुको विचमा लेनादेनाको फेरी समीकरण परिवर्तन खेलको सिलसिला ल्याउन खोजियो । मैले प्रयास गरेको थिएँ, लेफ्ट पार्टीहरु जोडेर एक मजबुत पार्टी बनाउन, जसले भौगोलिक रक्षा, स्वाभिमानको रक्षा गरोस, इतिहासको गर्व गरोस, स्वाभिमान उचो बनाओस, अरुले पनि आहा भन्ने पार्टी बनाउन खोजेको थिए । तर पार्टीको हालत देख्नुभयो, एक दिन पनि राम्रो कुराको समर्थन गर्न खोज्ने आँट नभएको । यहाँ देशको निम्ती होइन, आफन्तको निम्ती लड्ने मान्छे मात्र भेटिए ।
बुद्धिमान चोर भयो भने प्रहरीले पनि पक्रन सक्दैन, बुद्धि लगाउँछ अनि पुलिसले पनि भेट्दैन । मूर्ख चोर भयो भने प्रमाण त्यही छोडिदिन्छ । भ्रष्टारी मान्छे बुद्धिहिन भएको राम्रो, मतिहीन मान्छे बुद्धिमान भयो भने खतरनाक हुन्छ, त्यसले बुद्धि खेलाएर बर्बात हुन्छ । ज्ञान भनेको विषयगत कुरा हो, इतिहास हो, ज्ञान भनेको अरुले प्राप्त गरेका अनुभवहश्ररुको संकलन हो । ज्ञान भनेको विगत हो । हामीले मतिलाई ठीक ठाँउमा राख्ने, आफ्नो बुद्धिको सही ढंगले सही ठाँउमा देशको हितको लागि प्रयोग गर्ने, आफुले प्राप्त गरेको ज्ञानलाई आधार बनाएर रचनात्मक इनोभेटिग गराएर प्रयाग गर्ने हो । त्यसकारण इनोभेटिभ हुनुपर्छ र मात्र विकास हुन्छ । हामी खोज अनुसन्धानका कुरा गर्छौँ, त्यो भनेको ज्ञान भन्दा एक स्टेप अघिको कुरा हो ।
रचनाको कुरा हो, सिर्जनशीलताको कुरा हो, नयाँ आविष्कारको कुरा हो । हामी त्यतातिर जानुपर्छ । हामी कहाँ छौँ भनेर बुझ्नुपर्छ । हाम्रो कामले के हुन्छ भन्ने जान्नु पर्छ । कुनै जमाना थ्यो, चरालाई चिठी बोकाउनुपथ्यो । चरालाई त्यहा पुराउनु पर्यो, देखाउनु पर्यो, अनि मात्र चिठी पठाउनु पर्यो । अनि मात्र उसले चिठी पुराउछ र जवाफ लिएर आउँछ । कलाकार बुुद्धि माक्तानले भने जस्तै । आगो भर्भरायो आज आगो भर्भरायो, परदेश बाट आउँछन कि आज आगो भर्भरायो । त्यो बेला न मोबाइल थियो, न केही थियो । परदेश बाट कले लिएर आउँछ चिठी रु त्यस्तो अवस्थतामा आगो भर्भरायो, आँखा फर्फरायो भनियो । यस्ता सन्देशहरु खेजेर संकेत मान्ने गरियो । आज पाहुना आउँछन् कि भनियो । यो हामीले भोगेको कुरा हो ।













प्रतिक्रिया दिनुहोस्