जनता टाइम्स

१३ माघ २०७७, मंगलवार १२:०३

ललाइफकाई भारततर्फ लगिरहेको ७ वर्षीया बालिकाको उद्धार, दुई जना दलाल पक्राउ


धनुषा, माघ १३

ललाइफकाई भारततर्फ लगिरहेको अवस्थामा सात वर्षीया बालिकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट उद्धार गरिएको छ । सय बिघा बस्ने सात वर्षीया काजल दासलाई ललाइफकाई भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको हो ।

सशस्त्र प्रहरी बल जटहीका अनुसार बालिकालाई बेच्न लगिरहेको दुई जना दलाललाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१४ का मनोज महतो र भारत मधुबनी जिल्लाका चन्दनराम रहेका छन् ।