जनता टाइम्स

२२ जेष्ठ २०७६, बुधबार १३:३९

नेपालमा प्राकृतिक दोहन विना नै तिब्र विकास हुन्छः अर्थमन्त्री खतिवडा


काठमाडौं, जेठ २२
अर्थमन्त्री युवराज खतिवडाले प्राकृतिक दोहन विना नै तिव्र आर्थिक विकास गरिरहेको बताउनु भएको छ । विश्व बैंकको ह्युमन क्यापिटल फोरम कार्यक्रमलाई संबोधन गर्दै अर्थमन्त्री खतिवडाले धेरै देश प्रकृतिक दोहन गरेर छिटो विकास गरेको तर नेपालको गति केहि कम भएपनी विकास भैरहेको बताउनु भएको छ ।

उहाँले भन्नुभयो ‘ नेपाल छोटो समयको विकास होईन दीर्घकालिन सोच सहितको विकास गरिरहेको छ । नेपालको विकास दीगो विकास हुन्छ।’ अर्थमन्त्री खतिवडाले सन् २००० देखी २०१५ सम्म नेपालले शिक्षा, स्वास्थ्यमा धेरै लगानी गरि संयुक्त राष्ट्र संघले २०१५ सम्म राखेका धेरै लक्ष्य पुरा गरेको बताउनु भएको छ ।

आगमि आर्थिक वर्षको लागि करिब २२ प्रतिशत बजेट शिक्षा, स्वस्थ्य र खानेपानीका लागि छुट्याएको जानकारी गराउनु भयो । उहाँले विश्व बैंक, भुटानका प्रतिनिधीहरुलाई नेपालले सामाजिक क्षेत्रमा प्रसस्त लगानी गरेको बताउँदै उहाँले शिक्षा, स्वस्थ्य, खानेपानीमा मात्र लगानी गरेर विकास नहुने बताउनु भयो । विकास हुनको लागि भौतिक पूर्वधारमा समेत पुँजी लगानी आवश्यक रहेको अ‍ैलाउनु भयो । सामाजिक क्षेत्र संग भौतिक क्षेत्रपनि जोडिने भएकाले नेपालले पुँजी लगानी सन्तुलितरुपमा गरेको बताउनु भयो ।

खतिवडाले मानव विकासको लागि बालबालिकाको लागि निशुल्क शिक्षा र वृद्ध भएपछि सामाजिक सुरक्षा भत्ता दिइरहेको जानकारी गराउँनु भयो । विद्यालय जाने विद्यार्थीहरुको लािग ज्ञान संगै पौष्टीक आहार पनि महत्वपूर्ण रहेको बताउनु भयो । नेपालको समाजिक क्षेत्रमा सरकार मात्र नभई निजी क्षेत्रको पनि उत्तिकै सहभागिता रहेको उल्लेख गर्नुभयो ।

हरेक नागरिकको सामाजिक सुरक्षाको लागि स्वास्थ्य बीमा कार्यक्रम ल्याएको जानकारी गराउनु भयो ।
त्यस्तै कार्यक्रमा भुटानका अर्थसचिव निम दोर्जीले ह्युमन क्यापिटलमा लगानी गर्न भुटान प्रतिवद्ध रहेको जानकारी दिनु भयो। उहाँले भुटान शिक्षा र स्वस्थ्य निःशुल्क हुनुपर्छ भन्ने मान्यता रहेको बताउनु भयो ।