जनता टाइम्स

२२ माघ २०७७, बिहीबार १४:०१

सर्वसाधारणलाई सास्ती : प्रचण्ड माधवलाई मस्ती


काठमाडौं, २२ माघ । आम हड्ताल अनुगमन गर्न विभाजित नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल राजधानी काठमाडौंका विभिन्न चोकमा आफैं पुग्नु भएको छ ।

सर्वसाधारणका लागि बन्द गरिए पनि प्रचण्ड र माधव नेपाल भने सबै ठाउँमा हिँडेर पुग्न सम्भव नभएको भन्दै सवारीसाधनमै एक ठाउँबाट अर्को ठाउँ पुग्नुभएको हो । खुमलटारबाट गाडीमा निस्केका प्रचण्ड सातदोबाटो, कोटेश्वर, पुल्चोक हुँदै विभिन्न ठाउँमा आफ्नै गाडीमा गएका छन् । आफैंले गरेको बन्दको अवज्ञा गर्दै बा. १७ च ३० ७१ को ल्याण्ड क्रुजर गाडीमा चढेर प्रचण्डले आम हड्ताल सफल बनाउन कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो ।

माधव नेपाल भने केही ठाउँमा गाडी र केही ठाउँमा कार्यकर्ताको स्कुटरमा सवार भएर आम हड्तालको अनुमगन तथा धर्नामा सहभागी भएका छन् ।

उहाँहरूकै नेतृत्वमा कार्यकर्ताहरू बन्द सफल बनाउन सडकमा निस्किएका छन् तर उनीहरुको उच्च तहका नेताहरु भने गाडीमा अनुगमन भन्दै सडकमा आएका छन् । आन्दोनलपक्षका एक सहभागिले भने नेताहरु गाडीमा हिड्ने अनि हामी आफै गाडी बन्द गरौ कसरी भन्ने, जति आन्दोलन जे गरेपनि सवै ठुला बडाको लागि रहेछ न बुझेरै बन्द सफल पारौ भनियो । कालिमाटि जाँदै गरेका एक युवकले भने यस्तो बन्दले काम गरि खाने निमुखाको पेटमा प्रचण्ड माधव समूहल लात हानेको बताउनु भयो । युवकले भन्ने ठुला बडालाई मस्ती सानालाई सास्ती भएन र यो ? यसरी जनतालाई दुख दिएर आन्दोलन सफल हुदैन ।