जनता टाइम्स

२५ माघ २०७७, आईतवार १७:१५

प्रतिनिधिसभा विघटनको मुद्दामाथीको बहस यसै साता सक्ने तयारी


काठमाडौं, माघ २५

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बहस यसै साता सक्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले निर्देशन दिनु भएको छ । उहाले यो बहस यो हप्ता (माघ ३० गतेंं) भित्र सक्नुपर्ने बताउनु भएको हो ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सही भएको भनेर इजलाससमक्ष बहसका लागि अधिवक्ता रमेश बडाल उपस्थित भएपछि उहालाई जबराले बढीमा ३० मिनेटको समय दिनु भएको थियो । बडालले आफूलाई त्यति समयले नपुग्ने भन्दै समय बढाउनुपर्ने माग गर्नुभएको थियो ।

प्रधानन्यायाधीश जबराले धेरै समय दिन नसकिने प्रष्ट पार्दै भन्नुभयो, ‘तपाईंहरू हुनुहुन्छ । सभामुखको तर्फबाट र सहयोगी विद्वान् (एमिकस क्युरी) हुनुहुन्छ । यो हप्ताभित्र सबैले बहस सिध्याउनुपर्छ ।’