जनता टाइम्स

२६ माघ २०७७, सोमबार १२:४८

कुमारी बैंकको मोबाइल बैकिङ्ग एप्लिकेसनबाट आन्तरिक रेमिटेन्स पठाउन सकिने


काठमाडौं, माघ २६

कुमारी बैंकले आफ्नो मोबाइल बैकिङ्ग एप्लिकेसन कुमारी स्मार्ट मार्फत नै आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने व्यवस्था ल्याएको जानकारी दिएको छ । रेमिटकर्ताले प्रापकको नाम र मोबाईल नम्बरको आधारमा देशव्यापीरुपमा जसलाई पनि रेमिट्यान्स पठाउन सक्नेछन् पनि बैंकले वताएको छ।

रेमिट रकम प्राप्त गर्नका लागी ग्राहकवर्गले कुमारी बैंकका देशव्यापी शाखाहरु र बैंकका १० हजार भन्दा अधिक रेमिट एजेन्ट कार्यालयहरु मार्फत रकम बुझ्न सक्नेछन् । नेपालमा यस्तो सहज रेमिट भुक्तानी सुविधा सुरुवात गर्ने बैंकमा कुमारी बैंक एक रहेको छ ।

सो प्रणाली मार्फतको कारोबार सीमा भने प्रचलित मोबाइल बैंकिङ्ग दैनिक कारोबार सीमा अन्तर्गत नै पर्ने जानकारी समेत बैंकले गराएको छ । बैंकका ग्राहकले आफ्नो कुमारी स्मार्ट एप्लिकेशन खोलेर कुमारी रेमिट फिचरमा क्लिक गरी प्रापकको विवरण र सम्पर्क नम्बर राखेर आफूले चाहेको रकम रेमिट गर्न सक्नेछन् ।

यसका लागी न कुनै फारम, कागजातको झन्झट, या कुनै कार्यालय धाई राख्नुपर्ने भएकाले ग्राहकहरूलाई थप सन्तुष्टि र सुविधा पुग्नेमा बैंक विश्वस्त भएको प्रेस विज्ञप्तीमा उल्लेख छ । कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६३ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको बताएको छ ।