जनता टाइम्स

२२ जेष्ठ २०७६, बुधबार १६:५९

पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडको साधारण सभा सम्पन्न


काठमाडौं,

पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडको बार्षिक साधारण सभामा कम्पनीको अध्यक्ष प्रेम बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त साधारण सभाले कम्पनीको आ.व.२०७३/७४ र २०७४/७५ को बार्षिक प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन र चालु आ.व.को लागि लेखा परिक्षकको नियुक्ति गरेको छ ।

कम्पनीले इलाम जिल्लाको माइखोलामा १२ मेगावाट क्षमताको अप्पर माई सी जलविद्युत आयोजना र ६.१ मेगावाट क्षमताको माथिल्लो माई सी जलविद्युत आयोजना निर्माण सम्पन्न गरी उत्पादित विद्युतकम्पनीले निर्माण गरेको मावु–गोदक १३२ के.भी प्रसारण लाइन बाट नेपाल विद्युतप्राधिकरणको गोदक सबस्टेशनको राष्ट्रिय विद्युत प्रणालीमा जोडिएको छ ।