जनता टाइम्स

२२ जेष्ठ २०७६, बुधबार १९:५५

मेरो देश मै बनाउछु भन्ने भावना बढाउन प्रधानमन्त्री ओलीको अपिल


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मेरो देश मै बनाउन सक्छु भन्ने भावना आउनुपर्ने बताउनु भएको छ । उहाले विश्वका अन्य देश विकासमा निक्कै अगाडी बढिसकेको अवस्थामा नेपाल पछाडी परिरहन नसक्ने उल्लेख गर्नुभयो । सबै नेपालीमा मेरो देश मै बनाउन सक्छु भन्ने भावना आउनु पर्नेमा प्रधानमन्त्री ओलीको जोड रहेको छ ।

काठमाडौ महानगरपालिकाले आयोजना गरेको हाम्रो काठमाडौं हामी बनाउछौं कार्यक्रमको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । उहाले चीन र इजरायलको विकासको उदाहरण दिंदै नेपालले पनि त्यही गतिमा विकास गर्नु पर्ने बताउनुभयो । “हामीले सबै कुरा अन्वेशण गर्ने भन्दा पनि हामीसँग नभएको प्रविधि अन्तबाट आयात गरेर भएपनि विकासको गतिलाई तिव्र बनाउनु पर्दछ ” प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले देश विकासका लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । “देश विकासका लागि युवाहरुको सोच अति आवश्यक हुन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “युवाहरुको उत्साहपूर्ण सहभागिताले नेपाललाई छिटै विकसित देशको रुपमा हामी विश्वमा चिनाउन सक्छौं ।”