जनता टाइम्स

५ फाल्गुन २०७७, बुधबार २०:१९

नेकपा चितवनको अध्यक्षमा पार्वती रावल


चितवन, फागुन ५ । नेकपा चितवनको अध्यक्षमा दिलकुमारी रावल (पार्वती) चयन हुनुभएको छ । आज बसेको जिल्ला कमिटी बैठकले रावललाई अध्यक्ष चयन गरेको हो ।

अध्यक्षमा चयन हुनुभएकी नेतृ रावल राष्ट्रिय सभा सदस्य हुनुहुन्छ । उहाँ यसअघि पूर्वएमालेको जिल्ला सचिव समेत हुनुहुन्थ्यो । बैठकले जिल्ला सचिवमा प्रकाश खनाललाई चयन गरेको छ । खनाल नेकपाका नेता एवं गृहमन्त्री रामबहादुर थापा निकट मानिनुहुन्छ । उहाँहरूले फागुन १० गते सपथ लिनुहुने तय भएको छ । बैठकले १० औं जिल्ला अधिवेशन गराउन ५ सय १ सदस्यीय आयोजक कमिटी गठन गरेको छ ।

यसअघिका अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले प्रचण्ड समुहमा लागेर पार्टी एकताविरोधी गतिविधि गरेका कारण हटाएर नयाँ नेतृत्व चयन गरिएको नेकपा चितवनले जनाएको छ ।