जनता टाइम्स

७ फाल्गुन २०७७, शुक्रबार १५:२९

माधव नेपालको अपमान : प्रचण्डको भाषण नसुनी कार्यक्रम छोडेर निस्किए नेपाल


काठमाडौ, फागुन ७ । प्रधानमन्त्रीले संसद विघटनको निर्णय गरेपछि आन्दोलनमा रहेका प्रचण्ड माधव समुहका अध्यक्ष माधवकुमार नेपालले बारम्बार सार्वजनिक कार्यक्रममै अपमान महशुस गर्नु परेको छ । पार्टीमा पुष्पकमल दाहाल प्रचण्ड र नेपाल दुवै अध्यक्ष भएपनि नेपालले अध्यक्षको जस्तो सम्मान पाउन सकेका छैनन् । त्यो कुरा सार्वजनिक कार्यक्रममा पटक पटक देखिएको छ ।

केही दिन अघि काठमाडौमै आयोजना गरिएको कार्यक्रममा त्यस्तो संकेत देखिएको थियो । विहिवार फेरी त्यस्तै घटना दोहोरिएको छ । माधव नेपालसमेत सहभागी कार्यक्रममा आयोजकले नै प्रचण्डलाई मात्र प्रमुख अतिथि भनेपछि माधव नेपालले अप्ठेरो महशुष गर्नुपरेको छ । प्रचण्डले नै सो कुरा सच्याएपछि अवस्था सामान्य भएको थियो । तर त्यस्तो घटना पछि नेपाल आफ्नो जहाज छुट्ने वहाना वनाउँदै प्रचण्डको भाषण नसुनी कार्यक्रमवाट बाहिरिनु भएको थियो ।

बिहीबार नेकपाले सर्लाहीको हरिपुर ९ मा आयोजना गरेको पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य डाचाराज वाग्लेको श्रद्धाञ्जली सभामा यस्तो अपमान सहनु परेको हो । कार्यक्रममा नेकपाका अध्यक्षद्वय प्रचण्ड र नेपाल प्रमुख वक्ताका रुपमा निम्त्याइएका थिए। कार्यक्रमको सञ्चालक नेकपाका सर्लाही जिल्ला सचिव कमल बुढाथोकीले आसन ग्रहण गराउने क्रममा प्रचण्डलाई प्रमुख अतिथि र नेपाललाई विशेष अतिथि भनेर सम्बोधन गर्नुभयो। दुई अध्यक्षलाई प्रमुख अतिथि भनेर प्रचार गरिएको कार्यक्रममा बुढाथोकीले प्रचण्डलाई मात्र प्रमुख अतिथि भनेर सम्बोधन गरेपछि सबै अचम्म परे ।

कार्यक्रमा सहभागी र प्रचण्ड नेपालले पनि मुखामुख गरे । प्रचण्ड आफैले सो कुरा सच्याउन लगाएपछि बुढाथोकीले माफी माग्दै आफ्नो अभिब्यक्ति सच्याउनु भएको थियो । सभामा प्रवक्ता नारायणकाजी श्रेष्ठपछि अध्यक्ष माधव नेपाललले सम्बोधन गर्नुभएको थियो । आफ्नो प्लेन छुट्ने भन्दै अध्यक्ष नेपाल प्रचण्डको भाषण नसुनि सिमरा प्रस्थान गर्नुभएको थियो । सम्बोधनको क्रममा नेपालले आफ्नो अधिकांश समय नेता वाग्लेको पंशंसामा खर्चिनु भएको थियो ।