जनता टाइम्स

७ फाल्गुन २०७७, शुक्रबार १६:५८

अनुदानमा ९० किसानलाई हाते ट्याक्टर


लमजुङ, फागुन ७

पहाडी जिल्ला लमजुङमा अनुदानमा यहाँका ९० जना किसानलाई हाते ट्याक्टर वितरण गरिएको छ । कृषिमा यान्त्रीकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले जिल्लाको बेंसीशहर नगरपालिकाले नगरभित्रका ९० जना किसानलाई आज हाते ट्याक्टर वितरण गरेको हो ।

नगर प्रमुख गुमानसिंह अर्यालले किसानलाई ट्र्याक्टर वितरण गर्नुहुँदै कृषिमा यान्त्रीकरण गरी लागत घटाउन र कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउन नगरपालिकाले किसानलाई हाते ट्र्याक्टर वितरण गरेको बताउनुभयो । उहाँले नगरपालिकाले अनुदानमा किसानलाई हाते ट्र्याक्टर उपलब्ध गराएपछि बाँझो जग्गा प्रयोगमा आउन थालेको बताउनुभयो ।

वैदेशिक रोजगारको सिलसिलामा विदेश पलायन भएर गाउँ फर्किएका युवालाई गाउँमै स्वरोजगार बनाउने र जनशक्तिको अभावमा गाउँमा बाँझो रहेका जग्गालाई पुनःप्रयोगमा ल्याउन हाते ट्याक्टर प्रभावकारी भएको नगरप्रमुख अर्यालले बताउनुभयो ।

यस नगरपालिकाले चालू आर्थिक वर्षमा विनियोजन गरेको रु २५ लाख २० हजार बजेटमा ट्याक्टर खरीद गरी किसानलाई वितरण गरेको नगरको कृषि शाखा प्रमुख सूर्यप्रसाद सेढाईंले बताउनुभयो । नगरपालिकाले यस वर्ष तीन प्रकारको हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले यस वर्ष सात हर्सपावर डिजेल वाला, सात हर्स पावर पेट्रोल वाला र छ हर्सवापरको गरी तीन प्रकारको ट्याक्टर वितरण गरेको छ ।

रु ५० हजार मूल्यपर्नेमा ५० प्रतिशत अनुदानमा रु २५ हजार किसानको रु २५ हजार नगरपालिकाको, रु ६० हजार र रु ७० हजार पर्नेमा रु २८ हजार नगरपालिकाको र बाँकी किसानको गरी वितरण गरेको कृषि शाखा प्रमुख सूर्यप्रसाद सेढाईंले बताउनुभयो ।

गत वर्ष माग भई आएका सबै १०६ किसानलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर विरतण गरेको थियो । यस वर्ष भने हाते ट्याक्टरका लागि ३०० किसानको आवेदन परेकामा ९० जनालाई मात्र विरतण गरिएको पालिकाले जनाएको छ । पालिकाले मिनिटिलर वितिरणसँगै भाडामा एकरुपता ल्याउन भाडासमेत निर्धारण गरेको छ । पछिल्लो समय गोरु पाउन गाह्रो, युवा पुस्ता वैदेशिक रोजगारमा रहेकाले गाउँमा