जनता टाइम्स

२३ जेष्ठ २०७६, बिहीबार १३:१४

नेपाल– भारत रेल्वे सम्झौता पूनरावलोकनको तेस्रो बैठक दिल्लीमा सुरु


नयाँ दिल्ली, जेठ २३

नेपाल– भारत रेल्वे सम्झौताको विस्तृत पूनरावलोकनको तेस्रो बैठक नयाँ दिल्लीमा सुरु भएको छ । उद्योग तथा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल नेतृत्वको नेपाली टोलीले संग छलफल गर्दै छ ।

दुई दिनसम्म चल्ने बैठकमा मुख्य रुपमा नेपाल र भारतबीच रेल कनेक्टिभिटिको समग्र विषयमा समीक्षा हुँदैछ। कार्गोको आप्रवाहलाई सहज, सरल, द्रूत र मितव्ययी बनाउने विषयमा छलफल हुने जनाइएको छ । त्यसैगरी रक्सौलदेखि काठमाडौं रेलसेवा विस्तार योजनाको संभाव्यता अध्ययनका विषयमा पनि बैठकमा छलफल हुने छ।

निर्माण सम्पन्न जनकपुर–जयनगर खण्डको लागि भारत सरकारले नेपाललाई अनुदान सहयोग वापत दिएको बुग्गी हस्तान्तरणदेखि, कार्गो आप्रवाह सेवालगायत थप लाइन विस्तारसम्मका समग्र विषयमा यो बैठकमा समीक्षा हुने बताइएको छ ।