काठमाडौँ, फागुन ८। केहि महिना अगाडी पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ र उनकी पत्नी उषाकला राई पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपाको पक्षमा देखिनु भएको थियो । तामाङ र राई बिहीबार दाहाल–नेपाल समूहले बबरमहलमा डाकेको केन्द्रीय कमिटी बैठकमा सहभागी भएपछि उहाँहरु प्रचण्ड – नेपालको समूहमा गएको प्रस्टै भएको थियो । यसै क्रममा अहिले विघटित प्रतिनिधिसभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य शेरवहादुर तामाङ र प्रदेश १ को प्रदेशसभा सदस्य उषाकला राईले प्रचण्ड–माधव नेपाल समूह परित्याग गर्नूभएको छ । शेरवहादुर र उषाकला दम्पत्ती आजै केपी ओली पक्षमा खुल्ने खुल्नु भएको हो । तामाङ पार्टी विभाजन लगत्तै एक दिन ओली पक्षको संसदीय दलको बैठकमा सहभागी भएर प्रचण्ड–माधव पक्षमा जानुभएको थियो ।
संचारकर्मीसंग् कुरा गर्दै सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सासंद समेत रहेका तामाङले भन्नुभयो –प्रचण्डलाई नेता मानेर उनलाई बोकेर हिड्न सकिएन,त्यसैले हामी अब संस्थापन नेकपा मा नै छौ ।’आजै विराटनगरमा आयोजना हुने आमसभाबाट उषाकलाले अोली पक्षमा लागेको घोषणा गर्ने बताइएको छ । प्रचण्ड–माधव समूहबाट दुवैजना केपी समूहमा फर्किको उषाकलाले बताउनुभयो । ‘हो, हामी फर्कियौं,’ उहाँले भन्नुभयो ’प्रचण्ड माधव समूहमा सही व्यवस्थापन हुने नदेखिएपछि फर्किएका हौं ।’













प्रतिक्रिया दिनुहोस्