जनता टाइम्स

८ फाल्गुन २०७७, शनिबार २०:४०

प्रधानमन्त्री ओलीको साइवर सेना बनेर जनतालाई भ्रममुक्त पार्ने युवा संघको निर्णय


काठमाडौं, फागुन ८ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको राष्ट्रिय युवा संघले प्रधानमन्त्री केपी ओलीबिरुद्ध फैलाइएको अफवाह चिर्दै तथ्यका आधारमा सत्य स्थापित गर्न उहाँको साइबर सेना बनेर खटिने निर्णय गरेको छ । माघ २५ र २६ मा बसेको बैठकले साइबर सेना निर्माणको निर्णय गरेको अध्यक्ष बचनबहादुर सिंहले जानकारी दिनुभयो ।

साइबर सेनाले सामाजिक सञ्जालमा सरकारविरुद्ध भइरहेको गलत प्रचारलाई नियन्त्रण गर्ने सिंहले जानकारी दिनुभयो । ‘सामाजिक सञ्जाललाई सही ढंगले सदुपयोग गर्नुको साटो व्यक्तिको चरित्र हत्या गर्ने काम भइरहेको छ । त्यसलाई निरुत्साहित गर्न साइबर सेना निर्माण गरिएको हो’, उहाले भन्नुभयो । आउँदो चैतभित्र ओली पक्षका ५ लाख बर्दी बिनाको सेना निर्माण हुने समेत उहाँले बताउनुभयो ।