९ फाल्गुन २०७७, आईतबार ००:००

नारायणकाजी श्रेष्ठले गलत काम गरेको रामकुमारी झाँक्रीको आरोप


काठमाडौँ, फागुन ९ । पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल नेतृत्व गरेको समूहको महिला नेतृ रामकुमारी झाँक्रीले प्रवक्ता नारायणकाजी श्रेष्ठको बोल्ने ढंग नपुगेको बताउनुभएको छ ।

पछिल्लो समय नेपाली जनतामा विवादीत पात्रको रुपमा परिचय स्थापीत गर्न सफल हुनभएकी नेतृ झाँक्रीले एपीवान टेलिभिजनमा एक अन्तरवार्ता दिँदै उक्त समूहका प्रवक्ता श्रेष्ठले बोल्ने कुरामा ढंग नपुगेको बताउनुभयो । प्रचण्ड–माधव समूहले काठमाडौँमा माघ २८ गते आयोजना गरेको बृहत विरोध प्रदर्शनका क्रममा पत्रकार ऋषी धमलालाई मञ्चबाट नै धम्क्याउनु गलत भएको स्वीकार गर्नुभयो । आफुहरु लोकतन्त्रको लागि लडेको उल्लेख गर्दै नेता श्रेष्ठले उक्त कार्य गर्नु नहुने तर्क प्रस्तुत गर्नुभयो ।

लोकत्रन्त्रमा आम नागरिकले स्वतन्त्र रुपमा बोल्न तथा आफ्नो अभिव्यक्ति दिन पाउने अधिकार रहेको उल्लेख गर्दै नेतृ झाँक्रीले नारायणकाली श्रेष्ठले पटक पटक बरिष्ठ पत्रकार धमलालाई चुप लाग्नुस् भन्नु गल्ती भएको बताउनुभयो । पत्रकारले आफ्नो जिम्मेवारी पुरा गरिरहेको समयमा नेतृत्वले धम्की दिनु गैरजिम्मेवारी भएको समेत बताउनुभयो ।

उक्त कार्यक्रममा बोल्दै नेतृ झाँक्रीले नेपाली युवा पुस्ताको नेता नेत्रविक्रम चन्द भएको भन्दै प्रतिवन्धीत समूहका नेतालाई समेत प्रशंसा गर्नुभयो । यसबाट के प्रष्ट हुन्छ भने नेपाल सरकार तथा लोकतान्त्रीक व्यवस्थाको विरुद्धमा लाग्ने विप्लवलाई समेत उच्च प्रशंसा गर्नुले माधव–प्रचण्डले गरिरहेको आन्दोलनको औचित्य के हो ? भनि आम जनतामा प्रश्न चिन्ह खडा भएको छ ।