जनता टाइम्स

१० फाल्गुन २०७७, सोमबार १६:२८

जग्गाका विषयमा प्रधानन्यायाधीश र प्रधानसेनापति बीच भेटवार्ता, यस्तो भयो सहमति


काठमाडौं, फागुन १०

सरकारी जग्गाका विषयमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ । सर्वोच्च अदालतले बनाउन लागेको नयाँ भवन सेनाको जग्गामा पर्ने भएकाले सो खाली गराउने विषयमा भेटवार्ता भएको हो ।

मुख्य रजिष्ट्रारले बोलाएपछि प्रधानसेनापति थापा दिउँसो १ बजे सर्वोच्च अदालत पुग्नु भएको थियो । अदालतको नयाँ बन्ने भवनका लागि हाल सेनाले प्रयोग गर्दै आएको जग्गा खाली गरेर सहयोग गर्नका लागि प्रधानन्यायाधीशले प्रधानसेनापतिलाई आग्रह गर्नुभएको छ ।

अहिलेको सर्वोच्च अदालत रहेको भवन पछाडि सर्वोच्चले नेपाली सेनाको क्यावलरी ब्यारेकभित्रको जग्गामा नयाँ भवन बनाउन टेन्डर आह्वान भसकेको छ । यो जग्गामा सेनाको भवन थियो । नेपाली सेनाका प्रवक्त सन्तोष बल्लभ पौडेलले प्रधानसेनापति जग्गाको विषयमा कुरा गर्न सर्वोच्च अदालत गएको पुष्टि गर्नुभयो । ‘हाम्रो क्यावलरी ब्यारेक भएको जग्गामध्ये ९ रोपनी क्षेत्रमा सर्वोच्च अदालतको नयाँ भवन बन्दैछ त्यसैबारे समन्वय गर्न प्रधानसेनापतिज्यू प्रधानन्याधीशलाई भेट्न जानु भएको हो,’ उहाले भन्नुभयो ।