जनता टाइम्स

१० फाल्गुन २०७७, सोमबार १९:०४

हलिउडकी चर्चित अभिनेत्री जेनिफरले गरिन राष्ट्रपति भण्डारीको उच्च प्रशंसा


काठमाडौं, फागुन १० । हलिउड अभिनेत्री जेनिफर एनिस्टनले राष्ट्रपति विद्यादेवी भण्डारीको उच्च प्रशंसा गर्नुभएको छ ।

अभिनेत्री एनिस्टनले शुक्रबार आफ्नो इस्टाग्राम स्टोरीमा राष्ट्रपति भण्डारीसहित जर्मन चान्सलर एन्जेला मर्केल, न्यूजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्डा आर्डेन लगायत एसिया र अफ्रिकी मुलुकका महिला सरकार एवं राष्ट्रप्रमुखको तस्विर सेयर गर्दै उच्च प्रसंसा गर्नुभएको हो ।

‘परिवर्तन नचाहने शक्तिले विश्वमा हल्ला गरिरहेको बेला अन्ततः परिवर्तन सम्भव भएको छ’ उहाँले आफ्नो स्टोरीमा क्याप्सनसहित लेख्नुभएको छ । उहाँले विश्वका प्रभावशाली महिला र युवतीको शक्तिको प्रशंसा गर्दै परिवर्तनका लागि महिला अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभएको छ । एनिस्टन चर्चित हलिउड टिभी सिरिज ‘फ्रेन्ड्स’बाट अभिनयमा उदाउनु भएको थियो ।