जनता टाइम्स

११ फाल्गुन २०७७, मंगलवार ०३:४९

‘यसलाई ओली सरकारको उपलब्धी भन्न कसैलाई लाज त लाग्दैन नि ?’


काठमाडौं, फागुन ११ । चिकित्सा क्षेत्रका चर्चित हस्ती डा. समिरमणि दिक्षितले नेपाल सरकारले समयमै कोरोना खोप ल्याएकोमा धन्यवादसमेत दिन नसक्ने राजनीतिक दलदेखि नागरिसक अगुवासम्मलाई कडा प्रश्न गर्नुभएको छ ।

सरकारले गरेको हरेक राम्रा कामलाई समेत बिरोध गर्दै अफवाह फैलाउनेहरुकोजमात बढिरहेको बेला उहाँले राम्रो कामलाई राम्रो र नराम्रो कामलाई नराम्रो भन्ने कुरा नै सही रहेको निश्कर्षसहित प्रश्न गर्नुभएको छ ।

डाक्टर दिक्षितले कोरोना महामारीबाट नागरिक जोगाउन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उच्च प्राथमिकता दिएर कोरोना खोप ल्याउदा सरकारको उपलब्धी भन्न लाज त लाग्दैन नि ? भनेर कडा प्रश्न गर्नुभएको हो ।

‘बिश्वका करिव १ सय २५ देशमा खोपको पहिलो मात्रा अझै भित्रिएको छैन । नेपालमा भने आजको दिनसम्म २० लाख मात्रा आइसक्यो । नयाँ बर्षअघि नै थप ३० लाख मात्रा नेपाल सरकारले खरिद गरेर ल्याउँदै छ । साथै कोभ्याक्स सञ्जालबाट थप ६० लाख आउने पक्का छ । यसलाई उपलब्धी भन्न कसैलाई लाज त लाग्दैन नि ?’ डा दिक्षितले सामाजिक सञ्जालमै भन्नुभएको छ ।