जनता टाइम्स

११ फाल्गुन २०७७, मंगलवार २२:०४

संसद पुनःस्थापनालगत्तै भाजपा नेताले भने : नेपालबाट शुभ समाचार आएको छ, अव सम्बन्ध नयाँ ढंगले अघि बढ्छ


काठमाडौं, फागुन ११

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेपछि भारतीय जनता पार्टीका सांसदले नेपालबाट शुभ समाचार आएको प्रतिक्रिया दिनु भएको छ । भारतको राज्यसभा सांसद एवं सत्तारुढ भारतीय जनता पार्टीका नेता सुव्रण्यम स्वामीले स्वागतयोग्य भन्नु भएको छ ।

फैसला लगत्तै ट्वीट गर्दै उहाले अदालतको फैसलापछि अब नेपाल र भारतको सम्बन्ध नयाँ ढंगबाट अढि बढ्ने समेत उल्लेख गर्नुभयो । भारतको पूर्व केन्द्रिय मन्त्री समेत रहनु भएका स्वामीले नेपालका लोकतान्त्रिक नेताहरु आफूसँग सम्पर्कमा रहेको र लोकतन्त्रको पुनस्र्थापना हुने विश्वासमा आफू पहिले पनि रहेको लेख्नु भएको छ ।