जनता टाइम्स

१४ फाल्गुन २०७७, शुक्रबार ११:४०

गुलियो लड्डु अमिलो बन्दै गएपछि…


काठमाडौं, फागुन १४

गत मंगलबार साँझ सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय उल्टाइदियो । अर्थात प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय इजलासले गर्यो । विघटनविरुद्ध नेपाल बन्दको जनतामारा निर्णय गरेको पुष्पकमल दाहाल, प्रचण्ड–माधवकुमार नेपाल समुहले खुशी मनाएर विजयी जुलुस निकाल्यो । विरोधसभाका लागि चितवन पुग्नु भएका प्रचण्ड–नेपालले लड्डु एक आपसमा खुवाएर आफ्नै सचिवालयमार्फत तस्विर सार्वजनिक गराउनु भयो ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षलाई यो निर्णय आफुले सोचे अनुकुलको थिएन । तर, कानुनी सर्वोच्चताको शासनलाई मान्ने निर्णय गर्दै आदेश कार्यन्वयन गर्ने बतायो । अर्को समुहको जस्तो नेपाल बन्द र तोडफोडमा नउत्रि राजनीतिक रुपमा यसको सामना गर्ने निर्णय गरेको छ । प्रचण्ड–नेपाल समुह भने निर्वाचनमा दुई तिहाई निकाल्न सफल भएजस्तै देशभरी केही मानिस भेला भएर विजयी जुलुस निकाले । यस्तो लाग्थ्यो अब प्रचण्ड भोलीबाटै प्रधानमन्त्री हुने जस्तो ।

विघटनको निर्णय बदर भएको भोलीपल्ट राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले एउटा सटिक उत्तर दिनुभयो । ‘यो सामान्य कुरा हो । मेरा भाइहरुले लड्डु ख्वाइ ख्वाइ गरेका छन् । जिते भनेका छन्, के जिते मलाई थाहा छैन । लड्डु खाएर के पाउँछन् हेर्नु छ ?’, उहाको भनाई थियो । विघटनको रिटका विषयमा आदेश आउने अघिल्लो दिनपनि प्रधानमन्त्री ओलीले भन्नुभएको थियो, ‘यदी कदमकथाचित अदालतले पुनःस्थापना गर्ने निर्णय गरेमा प्रचण्ड–नेपाल हल बाधेर प्रधानमन्त्री खोज्दै हिड्नेछन् ।’

नभन्दै १२ गते विहान प्रचण्ड–नेपाल चितवनको कार्यक्रम छाडेर विमान चढेर सिधै कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुग्नु भयो । प्रचण्डले सत्ता सहकार्यको प्रस्ताव राख्नु भयो । देउवाले केही जवाफ दिनु भएन । तर, बाहिर प्रश्न उठ्यो, ‘आफ्नै झण्डै दुईतिहाइको सरकार ढाल्न कांग्रेसको शरणमा किन पुग्नु भयो ?’ यो प्रश्नको उत्तर सो पक्षबाट अहिलेसम्म आएको छैन ।

प्रचण्ड–नेपाल समुहले ओली पक्षका केही सांसद तानेर जसपासँग मिलेर सरकार बनाउने योजना बनाउनु भयो । सोही अनुसार पहिले जसपासँग पार्टी कार्यालय पेरिसडाँडामा छलफल भयो । त्यहा जसपाको एक प्रश्नमा उहाँहरु अक्क न बक्क पर्नुभयो । जसपा नेता राजेन्द्र महतोले तपाईहरुको पार्टी कुन हो ? भनेर प्रश्न गरेपछि उहाहरु अलमलमा पर्नुभयो ।

कांग्रेसले आधिकारिक रुपमा निर्णय गर्दै पहिला नेकपा विभाजन हो कि के हो निक्र्यौल गर्नुहोस् अनिमात्र सरकारका विषयमा निर्णय गर्ने बताएको छ । आफ्नै कुनै जोर नचलेपछि विहिवार बेलुका नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको दौडधुप चलेको छ । ओलीलाई सत्ताबाट हटाउनुपर्छ भनेर भारतीय सञ्चारमाध्यम खुलिसकेका छन् भने भारतीय सत्तारुढ बिजेपीका नेताहरुले पनि सार्वजनिक रुपमा अभिव्यक्ति दिइसकेका छन् ।

नेपालमा अहिले भारतलाई सहज अवस्था भने छैन । नेकपा नामको विवाद अहिले सर्वोच्च अदालतमा रहेको छ । सो विवादको निर्णय २० फागुनमा सर्वोच्चले सुनाउँदैछ । यदी कदमकथाचित सर्वोच्चले नेकपा भन्ने नाम ऋषिराम कट्टेललाई प्रदान गरे फेरी नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युतिनेछ । त्यसपछि प्रचण्ड समुहमा रहेका पूर्वएमालेको अवस्था कस्तो हुन्छ अहिले भन्न सकिने अवस्था छैन । ११ गते साँझ खाएको लड्डु शुक्रबार दिउँसोसम्मका घटनाले निक्कै अमिलो बन्दै गएको देखिएको छ ।